ताजा खबर

अग्निपिडित परियारलाई सिक्लेस पार्चे कल्याण कोष बेल्जियमद्धारा ४० हजार सहयोग

   २२ बैशाख २०७७, सोमबार २१:१६      1,610 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस धप्राङथर निवासी अग्निपिडित दुर्गा परियारलाई सिक्लेस पार्चे कल्याण कोष बेल्जियमले आर्थिक सहयोग गरेको छ ।


यही वैशाख २० गते परियारको घरमा आगलागी भएको थियो । घरको विद्युत लाईन सर्ट भई अकस्मात् आगलागी हुँदा घर, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।


आगलागी भएपछि गाउँलेको सहयोगमा करिब २ घण्टामा आगो नियन्त्रणमा आएको थियो । घटनापछि पिडित परिवारलाई राहत सहयोग दिने क्रम जारी छ ।

यसैबीच पिडित परिवारलाई प्रवासमा रहेर विगत लामो समयदेखि स्वदेशको सुख दुःखमा हातेमालो गर्दै आईरहेको सिक्लेस पार्चे कल्याण कोष बेल्जियमले ४० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।


छिमेकी गाउँ थाक निवासी हाल बेल्जियममा कार्यरत अनिल गुरुङ (सोम) बाट सहयोग प्राप्त रु. १२९० समेत गरि कोषले पिडित परिवारलाई ४० हजार आर्थिक सहयोग गरेको हो ।


मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङ, अन्नपूर्ण मा.वि.का सहायक प्रधानाध्यापक गेहेन्द्र गुरुङ, धप्राङथर टोल सुधार समितिको संयोजक इन्द्रजित गुरुङ लगायतको उपस्थितीमा बेल्जिमयबाट प्राप्त उक्त सहयोग रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको सहायक प्र.अ. गेहेन्द्र गुरुङले जानकारी दिनुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284