
कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङद्धारा १३ लाख ५ हजारको स्वास्थ्य सामग्री सहयोग
कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङद्धारा आज गण्डकी प्रदेश सरकारलाई १३ लाख ५ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामग्री सहयोग गरेको छ ।

गण्डकी प्रदेशको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हङकङका प्रतिनिधीहरु शशीकुमार गुरुङ, विरोध गुरुङ, चन्द्र गुरुङ, शंकर गुरुङ र अमृत गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको सामग्रीमा पिपिई १ सय ५० थान, थर्मल गन २ सय ५० थान, एन ९५ मास्क ६ हजार थान र प्लाष्टिक ग्लोब्स ५ हजार थान रहेको छ ।

हङकङमा कार्यरत १ सय ९ जना सदस्यहरुले सङकलन गरेको ८४ हजार हङकङ डलरको नेपाली रुपैंया १३ लाख ५ हजार रकमबाट सो सामग्री सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै हङकङ प्रतिनिधि शशीकुमार गुरुङले सहयोग गरेको सामग्रीहरु सही सदुपयोग हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै कोरोनाको प्रभाव न्युनीकरण गर्नमा गण्डकी प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सहयोग सामग्री ग्रहण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विदेशबाट आफूहरुलाई प्राप्त सबै खाले सहयोगको सहि सदुपयोग गर्ने भन्दै सहयोगको दुरुपयोेग हुनेमा आशंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश अहिले अरु प्रदेश भन्दा कोरोनाको कम जोखिममा रहेको भन्दै यसलाई शुन्यमा झर्न र यहाँको जनताको स्वास्थ्य सुरक्षामा आफूहरु रातदिन खटेको उहाँका३ भनाई रहेको छ । कार्यक्रममा सबै सहयोगीहरुप्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।
विरोध गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शशीकुमार गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य चन्द्र गुरुङले दिनुभएको थियो ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38