
कोरोनाको कारण तमू धीं नेपालले यसपालिको ट्होटें बृहत रुपमा नमनाउने
तमू समुदायको परम्परागत साँस्कृतिक एवम् मौलिक पहिचानको पर्व ट्होटें, विश्वकै विषम परिस्थितले गर्दा बृहत रुपमा नमाउने भएको छ।

तमू धीं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार अर्थात २५ गते मनाउने तयारी गरेको ट्होटे पर्व यसपटक तमू धी नेपालको कार्यसमितिले मात्रै मनाउने भएको हो।
परापुर्व कालदेखि आफ्नो गाँउ बस्ती÷राज्यबाट विकृति, विसंगति, रोग व्याधी, शत्रु लखेटेर राज्य सुरक्षित र सभ्य राख्ने पर्वलाई कोरोना भाईरसको महामारी एवम् लकडाउनको विषम परिस्थितीमा तमू धीं नेपालको कार्यसमिति र ट्होटें समितिले यसपटक महामारी लखेट्न ट्होटें मनाउने तमू धीं नेपालका कार्य बाहक अध्यक्ष हुमबहादुर तमूले जानकारी दिनुभएको छ।
प्रतिकात्मक रुपमा तमू धींमा ट्होटें खेल्दै सेती नदीमा ट्होटेका साथै कोरोना सेलाउने कार्यक्रम रहेको कार्यवाहक तमूले जानकारी दिनुभयो।
विगतमा तमू धीं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार र साउनको अन्तिम मंगलबार बृहत रुपमा धुमधामका साथ ट्होटें मनाउने गर्दथ्यो।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08