ताजा खबर

खिलाङका मनकारी व्यक्तित्व होमबहादुर गुरुङद्धारा १ सय २८ घर परिवारलाई राहत वितरण

   ९ जेष्ठ २०७७, शुक्रबार १५:४२      2,077 views

मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँका समाजसेवी होमबहादुर गुरुङले आफनो गाउँका १ सय २८ घर परिवारलाई राहत वितरण गर्नुभएको छ ।

हाल हङकङमा रहनुभएका गुरुङले खिलाङ समाज पोखराका प्रतिनिधि मार्फत लकडाउनका कारण समस्यमा परेका खिलाङ गाउँ र आसपासका गरि १ सय २८ घर परिवारलाई प्रति परिवार १ बोरा चामल, १ किलो नुन र १ किलो दाल गरि २ लाख ४२ हजार बराबरको राहत वितरण गरेका मादी १ का वडा सदस्य टिकाराम गुरुङले जानकारी दिनुभयो छ ।

समाजसेवी गुरुङले यसअघि पनि खिलाङ गाउँको ल्होसार मेलामा वर्षेनी सहयोग गर्दै आउनु भएको छ भने गाउँका रोगी तथा असाहयहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङको विशेष उपस्थितीमा वितरण गरिएको राहत वितरण कार्यक्रममा मादी १ का वडा सदस्य टिकाराम गुरुङ र खासामाया गुरुङ, दुधपोखरी ग्रामीण सडकका अध्यक्ष गोलमान गुरुङ, थन्कु देउराली युवा क्लवका संस्थापक अध्यक्ष झलक गुरुङ, खिलाङ समाज पोखराका सचिव पुर्णबहादुर गुरुङ, थन्कु देउराली युवा क्लबका अध्यक्ष हरिभक्त गुरुङ, आमा समुहकी अध्यक्ष सुकुनादेवी गुरुङ तथा स्थानिय समाजसेवीहरु शेरबहादुर गुरुङ, नरसुब्बा गुरुङ र कृष्ण गुरुङ लगायतको सहभागित रहेको थियो ।

राहत पाएपछि स्थानियले परदेशबाट घरदेशमा विपतिमा परेकाहरुलाई सम्झेको भन्दै दाता होमबहादुर गुरुङप्रति आभार व्यक्त गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284