
खिलाङका मनकारी व्यक्तित्व होमबहादुर गुरुङद्धारा १ सय २८ घर परिवारलाई राहत वितरण
मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँका समाजसेवी होमबहादुर गुरुङले आफनो गाउँका १ सय २८ घर परिवारलाई राहत वितरण गर्नुभएको छ ।

हाल हङकङमा रहनुभएका गुरुङले खिलाङ समाज पोखराका प्रतिनिधि मार्फत लकडाउनका कारण समस्यमा परेका खिलाङ गाउँ र आसपासका गरि १ सय २८ घर परिवारलाई प्रति परिवार १ बोरा चामल, १ किलो नुन र १ किलो दाल गरि २ लाख ४२ हजार बराबरको राहत वितरण गरेका मादी १ का वडा सदस्य टिकाराम गुरुङले जानकारी दिनुभयो छ ।
समाजसेवी गुरुङले यसअघि पनि खिलाङ गाउँको ल्होसार मेलामा वर्षेनी सहयोग गर्दै आउनु भएको छ भने गाउँका रोगी तथा असाहयहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङको विशेष उपस्थितीमा वितरण गरिएको राहत वितरण कार्यक्रममा मादी १ का वडा सदस्य टिकाराम गुरुङ र खासामाया गुरुङ, दुधपोखरी ग्रामीण सडकका अध्यक्ष गोलमान गुरुङ, थन्कु देउराली युवा क्लवका संस्थापक अध्यक्ष झलक गुरुङ, खिलाङ समाज पोखराका सचिव पुर्णबहादुर गुरुङ, थन्कु देउराली युवा क्लबका अध्यक्ष हरिभक्त गुरुङ, आमा समुहकी अध्यक्ष सुकुनादेवी गुरुङ तथा स्थानिय समाजसेवीहरु शेरबहादुर गुरुङ, नरसुब्बा गुरुङ र कृष्ण गुरुङ लगायतको सहभागित रहेको थियो ।

राहत पाएपछि स्थानियले परदेशबाट घरदेशमा विपतिमा परेकाहरुलाई सम्झेको भन्दै दाता होमबहादुर गुरुङप्रति आभार व्यक्त गरेका छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26