ताजा खबर

खेमबहादुर गुरुङद्धारा लिखित अंग्रेजी—गुरुङ—नेपाली त्रिभाषिक शब्दकोष विमोचन

   ११ फाल्गुन २०७५, शनिबार ११:४३      2,975 views


पुर्व सिंगापुर इन्पेक्टर खेमबहादुर गुरुङद्धारा लिखित तथा सम्पादित त्रिभाषिक शब्दकोष शुक्रवार पोखरामा विमोचन गरिएको छ। अंग्रेजी—गुरुङ—नेपाली भाषाको शब्दकोष शिक्षाविद, पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले विमोचन गर्नुभएको हो।

तमु धिं नेपालको आयोजनामा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद गुरुङले त्रिभाषिक शब्दकोष प्रकाशन गुरुङ समुदायका लागि योगदान हो भन्नुहुदै लेखकको योगदान अमर रहने बताउनुभयो। गुरुङ भाषा, कला, साहित्य र समुदायका लागि घान्द्रुकका गुरुङ अग्रजहरुको महत्वपुर्ण योगदानमा अर्को घान्द्रुके शब्दकोष लेखक इन्पेक्टर खेमबहादुर गुरुङले थप इटा थपेको बताउनुभयो। लेखक कठिन हुन्छ, शब्दकोष लेखन झनै कठिन परिश्रमबाट प्रकाशनले लोप हुदै गएको गुरुङ भाषाको संरक्षण र विकासका टेवा पुर्याउने उहाँको भनाई थियो।

त्रिभाषिक शब्दकोष लेखक इन्पेक्टर खेमबहादुर गुरुङले लोप हुदै गएको गुरुङ भाषाको संरक्षणमा केही भए पनि टेवा पुर्याउन र गुरुङ भाषा आउदो पुस्तालाई हस्तान्तरण गर्न समेत सघाउन होस भनि त्रिभाषिक शब्दकोष प्रकाशन गरेको बताउनुभयो। शब्दकोष प्रकाशनका लागि निकै कठिनाइ भोग्नु र परिश्रम गर्नु परे पनि गुरुङ भाषा, धर्म, सँस्कृति संरक्षणका लागि आफु आगामी दिनमा पनि जुटिरहने उहाँको भनाइृ थियो। शब्दकोष प्रकाशनका लागि सहयोग पुर्याउने, हौसला प्रदान गर्ने संघ संस्था एवं महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै भाषा जातिको पहिचान भएकाले भाषा संरक्षणमा सबैलको सक्दो पहलको आग्रह गर्नुभयो।

शुभकामना व्यक्त गर्नुहुदै साहरा युकेका नवनिर्वा्चित अध्यक्ष लेखक इन्पेक्टर गुरुङले गुरुङ समुदाय मात्रै होइन भाषा संरक्षण र विकासका लागि अमुल्य उपहार प्रदान गरेको बताउनुभयो। विदेशमा रहेका गुरुङ बाबु नानीहरु अंग्रेजी भाषा मात्रै प्रयोग गर्दै आएकाहरुलाई आफ्नो मातृभाषा गुरुङ र नेपाली भाषा सिक्नका लागि शब्दकोष फलदायी हुने उहाँको भनाइ थियो।

पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुहुदै भविष्यका लागि सम्पत्तिको रुपमा त्रिभाषिक शब्दकोष प्रकाशन गर्नुभएकोमा खुशी व्यक्त गर्नुृभयो। भावी पुस्ताका लागि केही गरौं भन्ने भावना सबैले राख्नुपर्दछ भन्नुहुदै विदेशमा बटुलेको अनुभवलाई जन्मभुमिप्रति समर्पित गर्नुपर्ने बताउनुभयो। पोखरा र नेपाललाई पहिचान दिलाउनका लागि नै पोखरेली मञ्च युकेले पोखरा म्याराथनलाई सघाएको बताउनुभयो। गुरुङहरुले उधौली र उघौली परापुर्व कालदेखि मनाउदै आएको छ, उघौली अगालौं, उधौली लाग्ने होइन भन्नुभयो।

लेखकको परिचय ब्रेज मेश्रो घान्द्रुक तमु समाज पोखराका अध्यक्ष तथा तोरो घ्रो ब्लोने परिवारका अध्यक्ष हितकाजी गुरुङले गराउनुभएको थियो। उहाँका अनुसार ५ वर्ष अघि गुरुङ नेपाली भाषा शब्दकोष प्रकाशन गर्नुभएका ७१ वर्षिय घान्द्रुकका पुर्व सिंगापुर पुलिसका इन्पेक्टर घान्द्रुक भाषा संरक्षण समिति युकेका अध्यक्ष, बुद्धिष्ट गुम्बा रेडिङ युकेका अध्यक्ष, घान्दु्रक कल्याणकारिणी समिति युकेका अध्यक्ष,तमु धिं युकेका सल्लाहकार, तमु धिं नेपालका संरक्षक, रेडिङ तमु समाज युकेका सल्लाहकार,रेडिङ भुपू गोर्खा सैनिक समाज युकेका सल्लाहकार, रेडिङ नपाली समाज युकेका आजीवन सदस्य, भाइखलकको बरिष्ठ व्यक्तित्व हुनुहुन्छ।

उक्त अवसरमा लेखक गुरुङले तमु धिं नेपालको आकस्मिक राहतकोषमा १ लाख रुपैया र शब्दकोष प्रकाशनमा विशेष सहयोग गर्नुभएकी बेलिना थापालाई समेत आर्थिक सहयोग गर्नुभएको थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा द्धितिय उपाध्यक्ष हुमबहादुर गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। पाँच सय रुपैया मुल्य राखिएको उक्त पुस्तक ६३८ पृष्ठ र करिब १६ हजार शब्द र बाक्यहरु समावेश गरिएको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284