ताजा खबर

भदौ १३ गतेदेखि पोखरामा मेयर कप छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने

   ३२ श्रावण २०७६, शनिबार २०:२७      144 views

आगामी भदौको १३ गतेबाट पोखरामा प्रथम मेयर कप बृहत् छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा विद्यालय, कलेज, क्याम्पस र भेट्रान्स तहमा बास्केटबल खेलको आयोजना गरेर प्रतियोगितालाई बृहत् बनाउने शनिबार पत्रकार सम्मेलनमा बताइएको छ ।

पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र ४० वर्षभन्दा माथि भेट्रान्स तहमा प्रतियोगिताको आयोजना गरिने कास्की जिल्ला बास्केटबल संघका सल्लाहकार नारायण शर्माले बताए । शर्माले भने, ‘बास्केटबल खेललाई नगर, जिल्ला, क्षेत्र र राष्ट्रसम्म पु¥याउने प्रतियोगिताको उद्देश्य रहेको छ ।


खेलाडीहरुबीच आपसी सद्भाव, सामूहिक भावनाको विस गराउने र प्रतिभाशाली खेलाडी उत्पादन गरी खेल क्षेत्रमा बास्केटबलको विकास गर्ने लक्ष्यसहित पहिलो पटक प्रतियोगिता संचालन गर्न लागिएको संघका अध्यक्ष धोजकुमार गुरुङले उल्लेख गरे । प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने गुरुङले उल्लेख बताए ।


गुरुङले पोखरा महानगरपालिका कार्यलयको मुख्य प्रायोजन, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समिति र नेपाल बास्केटबल संघको विशेष सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५६ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।


मावि कक्षा १० सम्मको तहको प्रतियोगिताको छात्रतर्फको विजेताका लागि १२ हजार तथा उपविजेताका लागि ७ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै, १० कक्षासम्मकै छात्रातर्फको प्रतियोगिताको विजेताले १० हजार तथा उपविजेताले ६ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।


कक्षा १२ सम्मको मावि तहको प्रतियोगितामा छात्रतर्फ विजेताले १५ हजार तथा उपविजेताले ८ हजार र शिल्डड, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था छ । त्यस्तै, कक्षा ११ र १२ सम्मको छात्रातर्फको प्रतियोगिताका विजेताले १२ हजार र ७ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।


स्नातक तहसम्मको छात्रतर्फको प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले ८ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताकै छात्रातर्फकै विजेताले १२ हजार तथा उपविजेताले ७ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछन् ।


टिम दर्ताका लागि भदौको १० गते अन्तिम मिति तोकिएको प्रशिक्षक प्रदिप रसाइलीले जानकारी दिए । हालसम्म सवै तहका गरी ५० भन्दा बढि टिमले दर्ता गरिसकेको प्रशिक्षक रसाइलीले बताए । प्रशिक्षक रसाइलीका अनुसार मावि १० कक्षासम्मका लागि ३ हजार, कक्षा ११ र १२ तथा स्नातक तहका लागि ४ हजार र भेट्रान्सका लागि ५ हजार टिम दर्ता शुल्क तोकिएको छ ।

आजको खबर

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा बिहीबार आयोजित एक समारोहकाबीच

अझै पढ्नुहोस्

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ ।

अझै पढ्नुहोस्

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका

अझै पढ्नुहोस्

नेपाल चेम्बर अफ कमर्सको टोलीले भारतको गोवामा आयोजित तीनदिने ‘भाइब्रेण्ट गोवा एक्स्पो २०१९’ मा सहभागिता जनाएको छ । दुई देशबीचको व्यापारिक सम्बन्ध बिस्तार गरी पर्यटकीय

अझै पढ्नुहोस्

Follow Us


Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

avatar
  Subscribe  
Notify of


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
Please wait...

Subscribe to our newsletter

Want to be notified when our article is published? Enter your email address and name below to be the first to know.
%d bloggers like this: