ताजा खबर

गलत होइन गुरुङ जातिमा फुपू चेला, मामा चेली रीति

   १६ पुष २०७५, सोमबार १०:२८      3,262 views

मिश्रा गुरुङ

भाषा र साहित्य विश्वको बोली हो । कला र सङ्गीत देशको गहना हो । संस्कार र संस्कृति राष्टका वैभव हुन् । जनता देशको ढुकढुकी हो, जात र जाति नै यसको आधार हो । तर, यसमा जातीय सद्भाव सहिष्णुता हुनु पर्दछ । जातीय विभेद र उचनीचको भावनाको क्लेश मात्र पनि हुनुहुँदैन । यसलाई जोगाउने काम हरेक नागरिकको पहिलो दायित्व र परम कर्तव्य हो । जात जाति नै नरहे न रहन्छ संस्कार न रहन्छ संस्कृति । त्यसैले मान्छेको जीवनमा जातले ठूलो महत्व राख्दछ ।मानिसले जात र जातिमा भेदभाव गर्नु हुँदैन । यसैको विषयलाई लिएर कलह र द्वन्द्वको सिर्जना गर्नु हुँदैन । जात मान्छेको अस्तित्व हो, पहिचान हो । अहिलेको एक थरी समाजले यो पनि भन्ने गर्दछ कि विश्वमा मानवको दुइटा मात्र जात हुन्छ । त्यो हो महिला र पुरुष । तर महिला र पुरुषको जातले मात्र सबैको अस्तित्व राख्न सक्दैन । जब ठूलो र सानो जात भनेर भेदभाव गरिन्छ भने यसो भन्न बाध्य हुन्छ मान्छे ।

प्राचीनकालदेखि नै मानिसको जीवनमा जातिको ठूलो महत्व रहँदै आएको देखिन्छ । उसबेला आफ्नो जातिको अस्तित्व रक्षाको लागि मानिसले युद्ध र लडाइँहरू गर्नु पर्दथ्यो । युद्धमा परास्त भएर कतिपय जातिको अस्तित्व नै विलय भएर गएको विश्व इतिहासमा पढ्न पाइन्छ ।प्राकृतिक साधन र स्रोतको अदुरदर्शी अविवेकी प्रयोगले पनि धेरै जातजाति र सभ्यता संस्कृतिको विनाश र विलय भएर समाप्त भएको पाइन्छ । विभिन्न विषयमा जातजातिबीचमा भएको झगडा र युद्धले त्यसबेलाको विशाल सभ्यता नै तहसनहस भएर गएका उदाहरणहरू छन् । शताब्दीयांै अगाडि मेक्सिको, ग्वाटेमाला, बेलिज र हुन्डरसको विशाल भूभागमा फैलिएको माया सभ्यताको ‘कोल्याप्स’ एउटा उदाहरण हो । त्यो सभ्याताको विलय सँगै विलय भएको थियो त्यहाँको जातजाति र संस्कारसंस्कृति । जुन त्यसबेलाका मानिसको अदूरदर्शी नीति र विवाह संस्कारको रीतिको परिणाम थियो ।यसरी पिता पुर्खाको कमजोरीको कारण र अविवेकले पनि कतिपय जात जातिहरू यस संसारबाट लोप भएर जाने क्रम अझै जारी छ । तर गुरुङ जातिको अस्तित्व अझै छ यस संसारमा । यसको श्रेय पिता पुर्खाहरूलाई नै जान्छ । सबैले पिता पुर्खाहरूप्रति गर्व गर्नु पर्दछ किनभने पुर्खाहरूले शुरु गरी मानिल्याएको रीतिरिवाज तथा संस्कार र परम्पराले नै कायम राखेको हो हाम्रो जात अनि हाम्रो अस्तित्व । त्यसमध्ये एउटा हो विवाहको संस्कार ।

गुरुङ जातिमा नजिकको नाता मामा फुपूको छाराछोरी भित्र बिहे गरिन्छ । जसलाई फुपूचेला मामाचेली भनिन्छ । गुरुङ, थकाली, ठकुरी, छन्त्याल, तामाङ र मगर समुदायमा कायम छ यो परम्परा । परापूर्वकालमा यी जाति लगायत गुरुङहरू थोरै सङ्ख्यामा थिए । टाढाको नाता र फरक जात फरक समुदायमा विवाह गर्दा माया ममताको भावनामा कमी हुने, फरक संस्कार संस्कृतिले अप्ठ्यारो हुने र संस्कारहरू हराउँदै जाने हुनाले जातिको अस्तित्व नै सङ्कटमा पर्ने खतरा देखेर नजिकको नाताभित्र नै विवाह गर्ने परम्पराको थालनी भयो ।त्यसैले अल्पसङ्ख्यकको रूपमा रहेका छन्त्याल, ठकुरी, लगायत गुरुङ, मगरमा चली आएको फुपूचेला, मामा चेली रिवाज कुनै कुसंस्कार नभएर जातिको अस्तित्व कायम राख्ने एउटा दूरदर्शी नीति हो जुन हाम्रा पुर्खाहरूले शुरु गरे । त्यसपछिका पिढीहरूले क्रमश परम्पराको रूपमा मानिल्याए ।

अन्तरजातीय र अन्तरसामुदायिक विवाहले विशेषतः संस्कृतिको अतिक्रमण र परसंस्कृति ग्रहणको खतरा निम्त्याउँछ र यसले जातिको अस्तित्वमा नै प्रश्न चिह्न खडा गर्दछ । यसैले हाम्रा पुर्खाहरूले आफ्नै नातासम्बन्धभित्रै विवाह गर्ने प्रचलनको सुरुवात गरेका हुँदा हुन् । कतिपय समुदायले यसलाई अचम्म र घृणाको दृष्टिले पनि हेरेको पाइन्छ र गलत ठान्दछ तर विज्ञान र प्राग्इतिहासले यसलाई सही साबित गरिदिएको छ यसका विभिन्न उदाहरण छन् त्यसमध्येकै एक हो किरातको वेद ‘मुन्धुम’ ।मुन्धुममा उल्लेख भए अनुसार सृष्टिको प्रथम नारी रिभ्याँमा र प्रथम पुरुष रिकपा थिए जो दिदीभाइ थिए । समयको अन्तरालसँगै हुर्कने क्रममा उनीहरू छुट्टिए । दिदी रिभ्यामा तराईतिर लागिन् । उतै हुर्किइन् बढिन् । रिकपा हिमालतिर लागे उतै हुर्के बढे । जवान भएपछि जोडी खोज्दै जाँदा डुल्ने क्रममा उनीहरूको भेट भयो ।बालककालमै छुट्टिएका उनीहरूलाई आफूहरू दिदीभाइ हौं भन्ने थाहा भएन । उनीहरूबीच विवाह भयो । दिदीभाइबीच भएको यौन सम्बन्धबाट सुम्निमाको जन्म भयो । पछि रिकपाले रिभ्यामा आफ्नै दिदी भएको कुरा थाहा पाए । आफ्नै दिदीसँग सम्भोग गरी जन्म भएको सन्तान भएकाले सुम्निमालाई नाइम्मा भनिएको हो भन्ने कुरा मुन्धुममा सुक्ष्म रूपमा उल्लेख गरिएको छ ।

किरातीहरूले यो कुरा खुलस्त भन्न अप्ठेरो मान्ने गरेको पाइन्छ । किरातहरूको प्राग् इतिहासको मूल धरोहरको रूपमा रहेको सुम्निमाको कथा र कथाकी सुम्निमा एउटै परिवारको रक्तसम्बन्धबाटै उत्पत्ति भएकी हुन् । यसकारण सुम्निमालाई नाइम्मा भनिएको हो भनिन्छ । प्रायः सबै किरातहरूले उही नाइम्मा (सुम्निमा) लाई आदि माताको रूपमा अलग अलग नामले पुज्ने गर्दछन् ।चाम्लिङ राईले नाइम्मा, खालिङले निन्वाम कोयूले सुदिम्मा र थुलुङले द्युलुन्दुमा आदि नामले पुकार्दछन् । एउटै परिवारका दिदीभाइबीच यौन सम्बन्ध कायम भएर विकास भएको मानव समाज मुन्धुमको कथा मात्र होइन विश्वको अधिकांश समाज विकासको प्रारम्भिक चरण यस्तै अवस्थाबाट नै गुज्रिएको थियो ।

मुन्धुमका अनुसार रक्त सम्बन्धबाट शुरु भई कायम हुन आएको समाज नै आजको विश्वको मानव समाज हो । जुन एउटै परिवारका दिदीभाइबीचको सम्बन्धबाटै शुरु भएको थियो ।एउटै रक्त सम्बन्ध र नजिकको नातामा विवाह गर्न हुँदैन बच्चा रोगी जन्मन्छ लामो आयुको हँुदैन, वंशको नाश हुँदै जान्छ भनेको पनि सुनिन्छ तर वैज्ञानिकहरूको खोज र अनुसन्धानले यसलाई गलत साबित गरिदिएको छ ।इटालीको आभोद्दा सदिनीया भन्ने ठाउँका मानिसहरू विश्वका लामो आयु बाँच्ने मानिसहरूमध्येमा पर्दछन् । वैज्ञानिकहरूले यस्तो रहस्यको खोज र अनुसन्धान गर्दै जाँदा आश्चर्यजनक कारण भेट्टाए त्यो के रहेछ भने उनीहरू सदियौँ अगाडिदेखि नै नजिकको नातामा विवाह गर्दै आएका रहेछन् ।

फुपू चेला मामा चेली विवाह संस्कार हाडनाताभित्र पर्दैन । मुसलमान समुदायमा हाडनाताभित्र पनि विवाह गर्ने परम्परा अझै छ । गुरुङको मान्यताअनुसार विवाह गरेर गइसकेकी चेली अर्कै हाडनाता र कुल वंशमा जान्छे । उनै चेली र माइतीका सन्तानबीच विवाह हुन्छ । चेलीमाइतीबीच हुने होइन ।

हाम्रा पुर्खाहरूले आफ्नो जातिको अस्तित्वलाई जोगाइराख्नलाई नै मानिल्याएको हुनुपर्छ यो परम्परा । किनकि हाम्रा पुर्खा आजका मानिसभन्दा पनि दूरदर्शी र चलाख थिए भन्ने विभिन्न दृष्टान्तले देखाउँछ । हामीले अहिले प्रयोग र भोग गर्दै आएका विभिन्न वैज्ञानिक आविष्कारहरू, अद्भुत भौतिक संरचनाहरू, अचम्म लाग्दो कला कौशल सबै पहिलेकै मानिसको विवेक र चतुर दिमागीपनका देन हो ।इजिप्टको पिरामिड बनाउने प्रविधि, चीनको पर्खाल बनाउने सोच र लगन, वेद पुराणहरू लेख्ने ऋषिमुनिको ज्ञान, ताजमहल बनाउने कला र कौशल तथा सियोदेखि प्ले सम्म बनाउने सीप पहिलेकै मानिसमा थियो ।गुरुङलगायत छन्त्याल, ठकुरीका पुर्खाहरू पनि पहिलेकै मानिस हुन् । त्यसबेलाको अवस्थामा आफ्नो जातिको अस्तित्व जोगाउन उनीहरूले यस्तो बुद्धि र विवेक लगाएर यो परम्पराको शुरुवात गरेको हुनुपर्दछ । हामीले यसको सम्मान गर्नु पर्दछ ।

कुसंस्कारलाई छोडेर पुर्खाहरूले मानिल्याएको सही संस्कार, संस्कृति, रीतिरिवाज र परम्परालाई सम्मान र श्रद्धा गर्नु प्रत्येक पिढीको कर्तव्य हो । यसको मतलब कसैको अन्तरजातीय विवाह गर्ने इच्छा र स्वतन्त्रतालाई बन्देज गर्नु होइन ।कसैको व्यक्तिगत स्वतन्त्रता र नैसर्गिक अधिकारको हनन नगरी आफ्नो जातिको संस्कार संस्कृति र परम्परालाई सकेसम्म सदा सम्मान गरौँ । सम्मान गर्न नसके घृणा र तिरस्कार चाहिँ नगरौँ । हाम्रो जात नै नरहे न रहन्छौँ हामी न रहन्छ हाम्रो संस्कार र संस्कृति ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284