
गुरुङ र मगर समुदायमा कौर्हाको महत्व / देवराज गुरुङ

देवराज गुरुङ
जनजातिहरु भाषा र सँस्कृतिमा निकै धनी छन् । कतिपय ठाउँहरुमा जनजातिहरुको रहनसहन र सँस्कृति पनि मिल्दो जुल्दो रहेको छ । पूर्वमा राइ लिम्बूहरुको रहनसहन मिल्दोजुल्दो रहेको छ भने पश्चिम भेगमा गुरुङ र मगरका केहि सँस्कृतिहरु पनि मिल्दोजुल्दा नैं छन् । विशेषगरी गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ र मगरहरुको लोक सँस्कृति मिल्दोजुल्दो रहेको छ । गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाहरुमा बसोबास गर्ने मगर र गुरुङ समुदायको लोक सँस्कृति मिल्दोजुल्दो छ ।
कौर्हा, सालैजो र घाँटु मगर र गुरुङ समुदायका साझा लोक सँस्कृतिहरु हुन् । यी लोक सँस्कृतिहरु गुरुङ र मगर समुदायका मानिसहरुले समय र तिथिमिति अनुसार गाउँने गर्छन् । यी सँस्कृतिहरु झल्काउने तथा प्रदर्शन गर्ने पनि आफ्नै समय छ । समय अनकुल ती समुदायका मानिसहरुले उक्त लोक सँस्कृति गाउने तथा प्रदर्शन गर्ने गर्दछन् ।

विशेषगरी बर्षात्को समयमा गुरुङ र मगर समूदायले कौर्हा लगाउने गर्छन् । अहिले ठीक यहि समयमा गुरुङ र मगर समुदायका मानिसहरुको कौर्या लगाउने समय हो । बिशेषगरी युवाहरुले कोर्हा लगाउने प्रचलन छ ।
कौर्हा गाउँदा केटाहरुले खैजडीको तालमा गीत गाउँने गर्छन् भने केटीहरु लहरै बसेर नाच्ने गर्छन् । गुरुङ र मगर समुदायमा पनि सबै सँस्कृतिहरु सबै ठाउँमा समान तरिकाले मनाएको भने पाइदैन । लोक सँस्कृतिको पनि भूगोल र बसाइँको आधारमा विधिता रहेको छ । कौर्हा गुरुङ र मगर समुदायमा प्रचलित लोक सँस्कृति हो । बिशेषगरी तनहँुलाई केन्द्र मानेर यसका आसपासका जिल्लाहरुमा कौर्हाको खानी नैं छ ।
गोरखाको दक्षिणी भाग, चितवको उत्तरी भाग र नवलपरासीको पहाडी भागहरुमा कौर्हा पौराणीक कालदेखि नै बिशेष रुपमा चलिआएको छ । तथापी अन्य जिल्लाहरुमा पनि कौर्हाको प्रचलन नभएको भने होइन । कौर्हा कतै कतै दुरा र दरै जातिहरुले पनि लगाउने प्रचलन छ । खैजडीको चुड्किलो तालमा नाच्ने नाचलाई चुड्का अथवा कौर्हा भन्निछ । यसको उत्पत्ति मगर भाषाको कानराहा शव्दबाट अप्रभ्रम्शित हुँदै कौर्हा बनेको गोरखाको दक्षिणी भेगका बुढापाकाहरु बताउँछन् ।
मगर भाषामा कानराहा भन्नाले ‘हामी आयौ’ भन्ने बुझिन्छ । अझै लोकगायक कृष्ण गुरुङको शव्द सापटी लिँने हो भने यो नाच भर्खरै वैँश चढेका अल्लारे ठिटा ठिटीहरुले नाच्ने र बूढापाकाहरुले यो ‘एक कौडे वैश आएकाहरु कति नाच्न परेको’ भन्दा भन्दै एक कौडे एक कौडेबाट कौर्या हुन गएको जनश्रुती छ ।

कौर्हालाई सामान्यतया चार प्रकारमा विभाजन गरिएको छ । कौर्हा चुड्का, भजन चुड्का, रोयला चुड्का र बालुन चुड्का । यसमध्ये गुरुङ र मगर समुदायमा प्रचलित चाहिँ कौर्हा चुड्का हो । मगर र गुरुङ समुदायमा सति घाटु र चुड्काको गहिरो सम्बन्ध छ । तथापी घाँटु नलगाएका ठाउँहरुमा पनि कौर्हा चाहिँ लगाइन्छ । मनोरञ्जनका साथसाथै इष्टमित्र भेटघाट, दुःख, सुख माया, प्रेम साटासाट गर्दै एक स्थानबाट अर्को स्थानसम्म पुग्नु यसका विशेषतहरु हुन् ।
गुरुङ र मगरहरुले ६ महिनाको अबधि भित्र कौर्हा लगाउने गरिन्छ । यो पनि आ आफ्नो ठाउँ अनुसारको रिती र चलन भिन्नाभिन्दै छन् । सामान्यतया चैत महिनाको नामरुङ औँशीदेखि असार मसान्तसम्म खैजडी बजाउने गरिन्छ । साउन १ गतेबाट चाहिँ खैजडी थन्क्याएर मादल बजाउने चनल छ । सति घाँटु धुरी सकेपछि (सक्किएपछि) छिमेकी गाउँलेहरुलाई घाँटु सारीको तर्फबाट निम्ता दिई घाँटु भोज खाने चलन छ ।
जहाँ कौरा चुड्का लगाइन्छ तर घाँटु नलगाएका ठाउँहरुमा चाहिँ दुई गाउँका ठिटा तरुनीहरको सल्लाहमा अथवा मनोरञ्जनका लागि एक गाउँदेखि अर्काे गाउँमा गई चुड्का भोज खाने प्रचलन छ । विशेषतः यसको नाम मगर भाषाको कानराहा शव्दको अपभ्रम्शित रुपबाट आएको हुनाले यसको खास नाम कौर्हा हो । तर मानिसहरुले बुझेर अथवा नबुझेर आफ्नो सहजताका लागि पनि कौरालाई कौडा भन्ने गरिएको छ । वास्तवमा सबै शब्दको अर्थ एउटै नैं हो ।

यसभित्र पनि पुरानो भाका, तीन ताले भाका, खुरखुरे ताल, ठाडो भाका, कछाडे भाका लगायत थुप्रै तालहरु हुन्छन् । चुड्का गीत केटाहरुले समूहमा गाउँने गीत हो । कुनै पनि कौडा नचाउने स्थानमा केटीले गीत गाएको देखिँदैन र यस्तो प्रचलन पनि छैन । तर केटाहरुको समूहमा गीत छोप्न (लय मिसाउन) चाहिँ सकिन्छ । ठ्याक्कै केटीले आफैँ गीत उठान गरेर गाउँने प्रचलन भने छैन । तर आजकल व्यवसायीक रुपमा बजारमा केटा र केटीको दोहोरी चुड्का रेकर्ड गर्ने प्रचलन भने रहिआएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26