ताजा खबर

जेष्ठ नागरिक सरोकार समितिद्धारा काजक्रिया खर्च प्रदान

   २४ पुष २०७५, मंगलवार १७:०६      1,608 views

जेष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्धारा क्यान्सर रोगले मृत्यु भएका बुदे परियारका परिवारलाई आफ्नो परम्परागत संस्कार गर्नको लागि १० हजार प्रदान गरेको छ ।

पोखरा ९ शान्तिवन निवासी परियारलाई जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष केशवराज भण्डारीले परियारकी आमा बिवा परियारलाई सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।

३४ वर्षिय अपाङ्ग समेत रहेका परियारको खुट्टाबाट क्यान्सर सुरु भएको र खुट्टाको क्यान्सर उपचारको लागि पनि वडा कार्यालय ९ ले १० हजार सहयोग गरेको सचिव लोक दर्शन कोईरालाले वताए ।

बिगत एक वर्षदेखि क्यान्सर पीडित परियारको यहि पौष १९ गते मृत्यु भएको थियो । संस्थाका अध्यक्ष केशवराज भण्डारी, वडा अध्यक्ष रामराज लामिछाने, वडासचिव लोकदर्शन कोइराला, महिला सदस्य राममाया मानन्धर र स्थानीयबासीको उपस्थिति रहेको थियो।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284