तमू प्ये ल्हु संघ कास्कीको अध्यक्षमा निम प्हच्यु तमू निर्वाचित
पोखरा । तमू प्ये ल्हु संघ, जिल्ला कार्यसमिति कास्कीको चौबिसौं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन हिजो मंसिर १८ गते फ–लि–ना क्होइबो पोखरा–११ रानीपौवामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मन्जुदेवी तमूस्योको प्रमुख आथित्यतामा र तमू प्ये ल्हु संघ, जिल्ला कार्यसमिति कास्कीका कार्यवाहक अध्यक्ष निम प्हच्यु तमूको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको विशिष्ट अतिथिमा केन्द्रिय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमू, पूर्व अध्यक्ष क्या.रुप बहादुर गरब्जा तमू, गण्डकी प्रदेश समितिका अध्यक्ष उम बहादुर प्हच्यु तमू कास्की जिल्लाका पूर्व अध्यक्ष भिम बहादुर च्हम्रु तमू रहनु भएको थियो ।

कोभिडका कारण समयमा अधिवेशन हुन नसकेको र एक वर्षपछि भएको हिजोको अधिवेशनमा अध्यक्षको आकांक्षी बोकेको कार्यसमितिका निवर्तमान सचिव विष्णु भुज्जा तमू र कार्यवाहक अध्यक्ष निम प्हच्यु तमू बीच प्रजातान्त्रिक मुल्य मान्यता र विधि पद्धति अनुसार स्वच्छ प्रतिस्पर्धा मतदान प्रक्रियाबाट निम प्हच्यु तमू अध्यक्षमा निर्वाचित भएको हो ।
अध्यक्ष सहित कार्यसमितिको १७ सदस्यीय कार्य समितिमा प्रथम उपाध्यक्षमा बुद्धिप्रसाद क्रोम्छें तमू, द्धितिय उपाध्यक्षमा केमबहादुर ल्हों तमू, सचिवमा दुर्गा प्हच्यु तमू, कोषाध्यक्षमा अमर ल्हों तमू, सहसचिवमा क्या.डिक बहादुर म्होब्जे तमू र सहकोषाध्यक्षमा हिमबहादुर गरब्जा तमू रहेका छन ।
यसैगरी सदस्यहरुमा क्या.देब बहादुर तमु, धनमाया तमू, देवीमाया तमु, कमला तमू, डम्बरबहादुर तमू, रुपसिङ तमू, ह.सु.मे.नुन बहादुर तमू, भिमबहादुर तमू, आइतसिङ तमू र देवकुमारी तमू निर्विरोध निर्वाचित भएका छन ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38