ताजा खबर

नेपाल मगर संघ माटेपानीले रजत जयन्ती मनायो

   २५ असार २०७६, बुधबार १९:००      1,572 views

मीना थापा

नेपाल मगर संघ माटेपानी इकाई समितिको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती भव्यरुपमा मनाएको छ ।

बुधाबार समाजको आफ्नै भवन माटेपानीमा आयोजना गरिएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका भू.पू. अध्यक्ष एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापामगरले केक काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाट गर्दै उहाँले मगर जातिहरुले आफ्नो जातीय संस्कृति संरक्षण गर्दै आइरहेकोमा गर्व गर्दै अब मानसिक रुपमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

युवाहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो “मगरहरु यो देशको हरेक निकायमा पुग्नको लागि प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नु पर्दछ तब मात्र राज्यको विभिन्न तह र निकायमा मगरहरुको पहुँच पुग्न सक्छ, यो जिम्मेवारी भनेको अबका युवाहरुको हो ।”


कार्यक्रमका विशेष अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले माटेपानी इकाई मगर संघको सबैभन्दा जेठो इकाई समिति भएको र नेपाल मगर संघ कास्कीमा पनि ऐतिहासिक र उल्लेखनिय भूमिका खेलेकोमा आफूलाई गर्ब लागेको बताउनुभयो । यसैगरी संघका संस्थापक उपाध्यक्ष भक्तबहादुर थापाले मगर जाति भाषा, संस्कार संस्कृतिमा धनी जाति भएकोले यसको संरक्षण गर्नु अत्यन्त जरुरी रहेको भन्दै बाँकी दिनमा आफूले सकेको योगदान दिने बचन व्यक्त गर्नुभयो ।


संघका भू.पू. अध्यक्ष एवं नेपाल मगर संघ जिल्ला कार्य समितिका प्रचारप्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगरले संगठनले हालसम्म गरेका महत्वपूर्ण कार्य गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय समितिका कोषाध्यक्ष बुद्धिमाया थापामगर, नेपाल मगर संघ माटेपानी इकाई समितिका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश थापामगर, माछापुच्छे« टोल विकास समितिका अध्यक्ष निर्मला श्रेष्ठ, नेपाल मगर संघ चाउथे इकाइ समितिका अध्यक्ष सुनमाया आलेमगर लगायतले संघको रजत जयन्तिको अबसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा हालसम्म संगठनमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसैगरी लामो समयसम्म संगठनमा रहेर योगदान दिएको भन्दै देवीकुमारी थापामगरलाई समाजसेवी एवं संघका सल्लाहकार प्रेमबहादुर रानामगरले आफ्नो स्व. बाबाआमाको सम्झनामा स्थापना गरिएको नन्द–गोविन्द अध्यय कोषको तर्फबाट कदर पत्र र खादाले सम्मान गरिएको थियो । रजत जयन्ती समारोहलाई तनहुँ दमौलीको कौह्रा नृत्यले थप रौनक बनाएको थियो ।


नेपाल मगर संघ माटेपानी इकाई समितिका अध्यक्ष दुर्गाबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ई बमबहादुर श्रीस मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पूर्णबहादुर थापामगरले व्यक्त गर्नुभएको थियो ।


नेपाल मगर संघ माटेपानी इकाई समितिमा विभिन्न जिल्लाबाट आएर पोखरा महानगरपालिका वडा नं. ११, १२, १३ मा बसोबास गर्ने र १० र १४ का केही घरहरु समेत गरी १२० घरधुरी आवद्ध छन् भने ६२६ जनसंख्या रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284