
पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता हुने
तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ।
तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा जुटेको हो।
मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा पुस १३ गते पोखरामा बिहान ल्होछार शुभकामना सडक दौड प्रतियोगिता तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा आयोजना गर्ने निर्णय गरिएको हो। सडक दौडमा १० किमी खुल्ला र अन्तर तमु समाज टिम इभेन्ट साथै ५ किमी दुरीको दौड महिला, भेट्रान्स र रन फर फन लगायतको दौड हुने भएको हो।

मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा आयोजित दौड प्रतियोगिताको १० किमी खुल्लातर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३ हजार, अन्तरसमाज टिम इभेन्ट बिजेताले २० हजार र रनिङ शिल्ड, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयासहित पुरस्कृत हुने संयोजक चोकबहादुर गुरुङले जानकारी दिए।
यसरी नै ५ किमी महिला र भेट्रान्स इभेन्टसतर्फ प्रथमले ७र७ हजार, दोस्रोले ५र५ हजार, तेस्रोले ३र३ हजार र सान्त्वनाले २र२ हजार रुपैयासहित पुरस्कार प्राप्त हुने संयोजक गुरुङले जानकारी दिए।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38