ताजा खबर

फेरियो गाउँ

   २३ पुष २०७५, सोमबार १७:२८      9,361 views

पर्वत — एकनासका ढुंगाले छाएका घर। सबै एउटै किसिमले रंगाइएको छ। गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढी। सिंढीमा रेलिङ। ठाउँ–ठाउँमा छन्, फोहोर फाल्ने ड्रम।

विकसित सहरका जस्ता सार्वजनिक शौचालय। धूले सडकमा ढलान। रातैभरि उज्यालो हुनेगरी सडकबत्ती। घरआँगन र बाटोघाटो सरसफाइको कुरै नगराैं। गाउँको प्रवेशद्वारमा स्वागत लेखिएको गेट पनि छ।

झट्ट हेर्दा कुनै दातृ संस्थाले ठूलै लगानी गरेको भान हुन्छ। वास्तविकता भने फरक छ। गाउँ छाडेर देश–विदेशमा रोजगारीका लागि पुगेका स्थानीयले आफ्नो जन्म ठाउँलाई ‘नमूना’ बनाउने अभियानको दृश्य हो यो। मोदी गाउँपालिका–१ भुकदेउराली गाउँको यतिबेला स्वरूप फेरिएको छ। सबै किसिमका पूर्वाधार सम्पन्न बनाएर नमूना बनाई गाउँलाई पर्यटकीय केन्द्रसमेत बनाउने योजनामा स्थानीय तल्लीन छन्।

बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङको परिकल्पनाले सार्थकता पाउँदै गएको होरु। तीन वर्षअघिको कुरा। पञ्चकाजीले आफू जन्मेको गाउँ लगभग बिर्सिसकेका थिए। तर युट्युब, विभिन्न सामाजिक सञ्जाल, सीडी र डीभीडीहरूमा उनले नेपालका विभिन्न गाउँको प्रवद्र्धनका लागि बनाइएका गीतसंगीतका भिडियो र डकुमेन्ट्री देखे।

लमजुङको कुनै एक गाउँमा डोकोमा छपनी बोकेर बाटो बनाएको दृश्यले आफू जन्मेको गाउँको अवस्थाबारे सोंचे। दाइ पर्नेसँग गाउँको सबै अवस्थाबारे फोटो मगाएरु। बिजुली, मोटरबाटो पुगेको थाहा पाए। आफू दुर्गममा जन्मेर विदेश आएको चाल पाएरु। त्यसपछि सुरु गरे गाउँलाई नमूना बनाउने अभियान।

देश–विदेशमा रहेकासँग सम्पर्क गरी अभियानबारे बताए। १९ जनाले साथ दिएपछि माथिका योजना अघि बढाए। त्यसका लागि ५७ लाख ८ हजार खर्च भएको छ। ‘विभिन्न देश घुम्ने क्रममा कतिपय गाउँ तथा सहर एकै किसिमका देखेर यहाँ पनि लागू गर्ने मन आयो,’ हालै मात्र गाउँ आएका पञ्चकाजीले भने, ‘आफ्नो योजनामा अरूले पनि साथ दिएकाले सम्भव भयो।

गाउँको विकास गरी नमूना बनाउन ड्रिमल्यान्ड ग्रुप तयार पारेका छाैं। प्राथमिकताका आधारमा थप सहयोग हुनेछ।’ अब पहिलो चरणमा गाउँमा होमस्टे सञ्चालन गरी पर्यटक भित्राउने र बसाइँसराइ रोकेर गाउँमै स्वरोजगारको व्यवस्था गर्ने योजना उनले सुनाए। गाउँका पुराना धारालगायत खानेपानी मुहान संरक्षण र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उनले बताए।

नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको छ। २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ भने ४९ सडक बत्ती र ४ सार्वजनिक शौचालय बनाइएको छ। ‘घरको रंगरोगन, सिंढी, शौचालय सबै एउटै देखिँदा मिलेर बसेको समाज भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘पञ्चकाजीको परिकल्पनाअनुसार गाउँलाई नमूना बनाउने योजनामा स्थानीय उत्साहित भएर होस्टेमा हैंसे गरेकाले अभियान सफल हुँदै गएको छ।’

सरकारी काम भएको भए करोडौं खर्च हुनेमा निकै कम खर्चमा काम भइरहेको उनको भनाइ छरु। गाउँवासीले आर्थिकलगायत अन्य सहयोग पनि गरेको उनले बताए।

भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा करिब तीन दर्जन घर गुरुङ समुदाय र अधिकांश दलित समुदायका छन्। स्थानीयले होमस्टेको तयारी पनि गरेका छन्। सुरुमा १० घरले सञ्चालन गर्ने योजना छ। अहिले गाउँमा दुईवटा होटल सञ्चालनमा छन्।

विदेशी र आन्तरिक पर्यटक कहिलेकाँही आउने गर्छन्। होमस्टे सुरु गरी प्रचार गर्न सके चाप बढ्ने विश्वास स्थानीयको छरु। स्थानीय युवा क्लब तथा होमस्टे समितिका अध्यक्ष टेकबहादुर गुरुङले बसाइँसराइ तीव्र हुँदै आएको गाउँमा नमूना अभियानसँगै केही समययता रोकिएको छ।

‘योजना अनुसारको गाउँलाई नमूना बनाएमा बाहिरिएकाहरू पनि फर्कने विश्वासमा छाैं,’ उनले भने, ‘नमूना गाउँ अभियान स्वास्थ्य र शिक्षाको सुविधासम्पन्न नहुन्जेल रोकिने छैन।’ गाउँबाट अन्नपूर्ण साउथ हिमाल देखिन्छ। केही माथि एकडेढ घण्टा उकालो चढेपछि धौलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला देख्न पाइन्छ।

दृश्यावलोकन, सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रसँगै थप नमूना हुने उनको भनाइ छ। गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त छ। पछिल्लो समय नयाँपुल, भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग छ।

पदमार्ग जाने पर्यटक टेन्ट हालेर बस्नुपर्छ। उनीहरूलाई गाउँमा ल्याउने योजना रहेको गाउँलेले सुनाएरु। गाउँबाट अढाइ घण्टा माथिको थपडाँडाबाट त झन् पोखरासबै देखिन्छ।

नमूना गाउँ अभियानमा स्थानीयले अलैंची, किबी, बंगुर, बाख्रा, कुखुरा फार्मसमेत सुरु गरिसकेका छन्। अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बन्ने, पर्यटकलाई स्थानीय उत्पादन खुवाउने, लोकल कुखुरा जोगाउँदै व्यावसायिकरूपमा उत्पादन गर्ने योजना रहेको स्थानीय कुलमान गुरुङले बताए। उनले डेढ सय रोपनीमा अलैंची खेती सुरु गरेका छन्। उनका अनुसार गुम्बा बनाउने योजना पनि गाउँलेको छ।

स्थानीय चन्द्रमती दमैले नमूना गाउँ अभियानमा आफूहरूको पनि सहभागिता रहेको बताइन्। होमस्टे सञ्चालनपछि त्यसको फाइदा आफूहरूले पनि पाउनुपर्ने उनको भनाइ छ। नमूना गाउँ अभियानअन्तर्गत पूर्वाधार बनाउन सुरु भएको एक वर्ष पुगेको अवसरमा स्थानीयले ५ दिने वार्षिकोत्सव मनाए। विविध मनोरंजनात्मक, सांस्कृतिक र खेलकुद कार्यक्रमको आयोजना गरे।(कान्तिपुर दैनिकबाट)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284