
बलवानलाई बल देखाउने थलो सिक्लेसको छेलो
रोशनी गुरुङ / मादी न्युज डटकम
` वि.सं. १९८० को दशकतिर कास्कीको खिलाङका स्व.रुसई गुरुङले कास्कीकै पुरानो गुरुङ बस्ती सिक्लेसमा वर्षेनी आयोजना हुने सिक्लेस माघे मेलामा लगतार १७ वर्षसम्म छेलो (ठेलो) जितेर त्यस भेगामा राजा समानको मान सम्मान पाउनुभयो ।

यस्तै कास्की आँटीघर लामस्वाँराका दक्ष गुरुङले पनि ५ वर्षसम्म निरन्तर माघे मेलामा छेलो जितेर सबैको वाहीवाही कमाउनु भयो । रुसई र दक्ष गुरुङ त प्रतिनिधि पात्र मात्रै हुन ।

प्राचीन इतिहास बोकेको सिक्लेसको छेलो हान्ने परम्परा कहिलेबाट शुरु भयो भन्ने एकिन मिति स्थानियहरुसँग छैन तर उनीहरुको अनुमान छ कि यो परम्परा २ सय वर्षदेखि निरन्तररुपमा चलि आएको छ ।

गुरुङ बस्तीहरुमा अत्यन्तै प्रचलित खेलहरु मध्ये छेलो (ठेलो) हान्ने खेल पनि एक हो । अहिले पनि कतिपय गुरुङ गाउँहरुमा मेला महोत्सव विभिन्न चाडपर्व आदिमा छेलो हान्ने परम्परा कायमै छ ।

तर सिक्लेसको छेलोको इतिहास भने अलि बेग्लैछ प्राचीन कालदेखि त्यहाँका स्थानियहरुले पुज्दै आएको प्रसिद्ध तिर्थ स्थलहरु “म्हउदु क्यु” , “हेउरा सिमिभुमि” र “फैमक्यु” मा माघको १ गते सक्रान्तिको दिन विहान स्नान गरेपछि त्यसदिन कम्तिमा पनि १ सय जनाको अनुहार हेरेमा पवित्रा हुने धार्मिक विश्वासले गर्दा १ सय जना मानिसलाई एकै ठाउँमा भेला गराएर उनीहरुको अनुहार हेर्नका निम्ती छेलो हान्ने प्रचललाई चलन चल्तीमा ल्याएको सिक्लेस सभाथरका समाजसेवी क्या.लोक कृष्ण गुरुङ बताउनु हुन्छ ।

यो छेलो प्रतियोगितामा कहिलेकाहि पत्याउदै नपत्याएका मान्छेले पनि छेलो जितेको थुप्रै इतिहास सिक्लेसीसँग छ । यसो हुनुको कारण त्यहाँका देवीदेवता “म्हउदु क्यु”, “हेउरा सिमिभुमि” र “फैमक्यु”ले जसलाई आर्शिवाद दिन्छ र विश्वास गर्छ उनीहरुले मात्रै त्यो छेलो प्रतियोगिता जित्छ भन्ने अझै पनि कतिपय स्थानिय बुढापाकाहरुको भनाई छ ।

अरु ठाउँको भन्दा सिक्लेसको छेलो हान्ने चलन पनि अलि बेग्लैछ किनकि उनीहरु दुईदिन लगाएर यो प्रतियोगिता सम्पन्न गर्छन ।

पहिलो दिन अर्थात माघे सक्रान्तिको विहान सबैजना “म्हउदु क्यु” र “फैमक्यु” मा नुहाएपछि छेलो हान्दा पवित्रा हुने धार्मिक मान्यताले गर्दा छेलो हान्न सक्ने उमेरका सबै गाउँलेहरुले पालैपालो छेलो हान्छन ।

दोस्रो दिन माघ २ गते विहान अघिल्लो दिन छुटेका गाउँलेहरुलाई पहिला छेलो हान्न दिइन्छ त्यसपछि भने खुल्ला रुपमा छेलो हान्ने प्रतियोगिता शुरु हुन्छ । उक्त प्रतियोगितामा जसले जित्छ उसलाई छेलो स्थलमै गुरुङ परम्परा अनुसार अविर, फूललमाला, क्रेगी र टिका लगाएर बधाई दिन्छ ।

त्यसपछि बाजागाजाले स्वागत गर्दै बिजेतालाई सिक्लेस गाउँकै केन्द्रविन्दु सभा आँगनमा लगिन्छ र त्यहि आँगनको ढिलमा रहेको ढुङ्गामा पूजा गरेपछि त्यहीबाट उत्तरतिर रहेको “म्हउदु क्यु” , “हेउरा सिमिभुमि” र “फैमक्यु”को दर्शन गराउँछ ।

त्यसपछि स्थानियले फूललमाला अविरसँगै आफनो गछय अनुसारको पैसाले बिजेतालाई स्याई स्थाई गर्ने परम्परा रहेको छ ।
-अन्त ढुङ्गाको छेलो सिक्लेसमा फलामको छेलो

अपवादको रुपमा भन्दा बाहेक जहाँसुकै छेलो भन्ने बित्तिकै ढुङ्गाकै छेलो हुन्छ तर सिक्लेसमा सदियौ वर्षदेखि हान्दै आएको छेलो भने फलामको हो । करिब ५ केजी तौल भएको यो छेलो बलवानहरु भन्दा बाहेक जो कोहिले हान्ने आँट गर्न सक्दैन त्यसकारण पनि सिक्लेसको छेलो बलवानहरुको बल देखाउने उचित थलो हो ।

-छेलो प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न अक्षय कोष खडा
शुरुशुरुमा छेलो जित्नेले गाउँलेको माया र स्थानिय देवी देवताको आर्शिवाद भन्दा अरु केहि पाउने थिएन । विस्तारै छेलो जित्नेलाई गाउँबासीले आफनो गछय अनुसारको पैसाले स्याबसी दिन थाले ।

समयको परिवर्तनसँगै पछिल्लो समय छेलो जित्नेलाई नगद पुरस्कारको समेत व्यवस्था गरियो । सिक्लेस गाउँको केन्द्रविन्दुको रुपमा रहेको सभा आँगन जहाँ गाउँलेको सुख दुःख साटने सानोतिनो झै झगडा मिलाउने र सभा कचहरी बस्ने स्थानको रुपमा प्रयोग हुँदै आएको छ भने पछिल्लो समय विभिन्न संघ संस्था आमा समुह युवा क्लब आदिको औपचारिक कार्यक्रम स्थल पनि बनेको छ ।

सिक्लेस गाउँभित्रको अनेक टोलहरु सभाथर, धप्राङथर, लामाथर, गैरीथर, कुईथर, हर्पुथर मध्येको सभाथरमा पर्ने सभा आँगन सबै गाउँलेहरुको साझा आँगनको रुपमा प्रयोग भईरहेको छ जुन स्थानमा अहिले सिक्लेस भ्यु टावरको समेत निर्माण गरिएको छ ।

उक्त सभाथरबासीले यो छेलो प्रतियोगितालाई वर्षऔदेखि व्यवस्थित रुपले सञ्चालन गर्दै आईरहेको छ । यसै क्रममा बिजेतालाई नगद पुरस्कार दिने परम्परा पनि सभाथर बासीले नै प्रचलनमा ल्याएको हो । शुरुमा बिजेतालाई ३ हजार र उपबिजेतालाई २ हजार नगद पुरस्कारबाट शुरु गरेको यो चलनले अहिले ठूलो रुप लिएको छ ।

अहिले सभाथरबासीले छेलोको लागि सञ्चालन गरेको अक्षयकोषमा देश विदेशमा रहेका सभाथरबासीले रकम सहयोग गरेपछि शुरुमा २ लाख ५० रहेको अक्षयकोषको रकम विस्तारै बढेर ३ लाख ५० हजार हुँदै पछिल्लो समय ८ लाख पुगेको अक्षयकोषका पहल कर्ता एवं समाजसेवी क्या.लोक कृष्ण गुरुङले जानकारी दिनुभयो ।
-यस वर्षको छेलो जित्नेले ४० हजार पाउने
क्या.लोक कृष्ण गुरुङका अनुसार गत वर्षसम्म छेलो बिजेता र उपबिजेतालाई नगद १० हजार र ९ हजार पुरस्कार दिइन्थ्यो भने यस वर्षबाट अक्षयकोषमा रकम बढेसँगै पुरस्कारको राशीमा पनि वृद्धि भएकोे छ ।

अब यसवर्ष सिक्लेसको माघे मेलामा छेलो जित्ने बलवानले नगद ४० हजार पुरस्कार तथा स्थानियको माया र देवी देवताको आर्शिवाद पाउनेछ भने उपबिजेताले नगद ३५ हजार पुरस्कार पाउने छन् । यी पुरस्कारहरु सिक्लेस मेलामा ४ दिनसम्म भलिबल वा बास्केटबलमा सामुहिक रुपमा निरन्तर प्रयास गरेपछि बिजेता समुहले पाउने पुरस्कार जतिकै हुनेछ । यसरी छेलोकै शीर्षकमा यति ठूलो पुरस्कार राशी उपलब्ध गराउने गाउँ मध्येमा सम्भवता सिक्लेस नै पहिलो गाउँ बनेको छ भने यस वर्षको पहिलो भाग्यमानी बलवानले पहिलो पुरस्कार जित्नेछ । तपाई पनि जाने कि सिक्लेसमा छेलो
(ठेलो) हान्न ?
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08