
बाग्लुङमा तमानखोला गाउँपालिकाले सोलेडाँडालाई आकर्षक गन्तव्य बनाउने
बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न थालेको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानमा शौचालय र खानेपानीको धारो निर्माण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
सोलेडाँडा घुम्न तथा वनभोज आउने पर्यटकलाई सहज पुर्याउन र पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।
सोलेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विभिन्न योजना बनाउने योजना गाउँपालिकाको छ । सोले डाँडाबाट धौलागिरी, अन्नपूर्ण, दूरलेकलगायत थुप्रै हिमश्रृखला अवलोकन गर्न सकिन्छ ।
यस्तै बाग्लुङका उच्च पहाडी क्षेत्र र म्याग्दीका अधिकांश मनमोहक दृश्य पनि यो स्थानमा सहजै अवलोकन गर्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेको तमानखोला गाउँपालिकाले जनाएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08