ताजा खबर

मादी २ का जनताको प्रिय वडा अध्यक्ष ः एकजङ्ग गुरुङ

   १६ बैशाख २०७९, शुक्रबार ०८:१०      1,379 views

मादी २ मा जनताले रुचाएका सफल वडा अध्यक्ष हुन् एकजंग गुरुङ ।

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङका स्थानिय बासिन्दा गुरुङले यसअघिको आफनो पाँच वर्षे कार्यकालमा वडाको महत्वपूर्ण योजनाहरु सफल बनाउन मादी गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगमा साना ठूला गरि करिब १ सय ५० वटा योजनाहरु सफलता पुर्वक सम्पन्न गर्नु भएको छ ।


स्थानिय सरकारको कार्यकाल शुरु भएपछि संघिया सरकारको आर्थिक सहयोगमा ताङतिङदेखि क्रपु डाँडा जोड्ने कच्ची मोटर बाटोको निर्माण सम्पन्न भयो ।

वडाले यसबाटोको सिपाहीको रुपमा मर्मत गर्ने, रेखदेख गर्ने काम गर्दै यसको स्तर उन्नती ग¥यो । फलस्वरुप अहिले ताङतिङ हुँदै क्रपु डाँडामा हिउँ खेल्ने जाने, गुराँसको सौन्दर्य हेर्न जानेको ताँती लागेको छ ।

अन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि यसबाट त्यहाँका स्थानियको आय आर्जनको स्रोत समेत बढेको छ भने पर्यटकीय दृष्टिकोणबाट समग्र गाउँपालिकको शान समेत बढेको छ ।


उहाँले आफू वडा अध्यक्ष हुँदाको समय कहिल्यै पनि अल्छी मान्नु भएन । सधैं जनताको सेवामा खटिरहने उहाँ कहिले लेकाली भैंसी गोठ र गाई गोठहरुमा वृद्धा भत्ता वितरण गर्न आफै पुग्नु हुन्थ्यो त कहिले अशक्त वृद्धावृद्धको घरघरमै पुगेर उनीहरुको हातमै भत्ता थमाई दिनुहुन्थ्यो ।

त्यसैले त जनताको चाहना अनुसार नै उहाँ यसपटकको स्थानिय चुनावमा पनि नेकपा एमालेको तर्फबाट पुनः मादी २ को वडा अध्यक्षको उम्मेदवार बन्नु भएको छ ।

वडा नं. २ अन्तरगत पर्ने ताङतिङ गाउँ, रोहि गाउँ र घ्याम्राङ गाउँलाई विकासका हिसाबले उहाँले सधै समान ढंगाले काम गर्नुभयो । बितेको पाँच वर्षे अवधिमा उहाँले वडा कार्यालय मार्फत प्रवाह हुने विकास निर्माणको कामलाई दु्रत गतिमा अघि बढाउनुभयो ।

जस अन्तरगत उहाँले रोहि गाउँ सेतिखोला खानेपानी योजना, ताङतिङ गाउँ पिक्निक स्थल तथा भ्वु टावर निर्माण, सेतीखोला रोहिगाउँ गोरेटो बाटो निर्माण, ज्याम्दुबाट घ्याम्राङजाने ग्रामिण सडक निर्माण, खोप केन्द्र भवन निर्माण, ज्याम्दु ताङतिङ मोटर बाटो निर्माण लगायतको काम सम्पन्न गर्नुभएको छ ।

यस्तै घ्याम्राङ सत्यदेवी आमा समुहको भवन ट्रस निर्माण, तोनी क्होइवो धीं भवनमा ट्रस निर्माण, क्होला सोंथर पर्यटन मार्ग बाटो निर्माण, घ्याम्राङ बहुउद्येश्यि समाज भवन निर्माण, रोहि गाउँ बहुउद्येशिय सामुदायिक भवन निर्माण, दलित सामुदायिक भवन मर्मत, संरक्षण युवा क्लवको खेलमैदान तथा सार्वजनिक शौचालय निर्माण गर्नुभएको छ ।

यसका साथै बहु उपयोगि अल्लो प्रशोधन गर्ने मेशिन खरिद, ताङतिङ क्रपु क्होला सोंथर सम्पदा मार्ग निर्माण, पुलुकोँ पिक्निक पार्क निर्माण, नौजु डाँडामा ट्रस निर्माण, ताङतिङ गाउँभित्रको मोटर बाटोबाट छुटिने शाखा गोरेटो बाटोहरु निर्माण र ताङतिङ क्रपु क्होला सोँथर सम्पदा मार्गमा सोलिङ गर्ने लगायतको दर्जनौ साना ठूला योजनाहरु उहाँको कार्यकालमा सम्पन्न भएका छन् ।

यस्तै यसै आर्थिक वर्ष २०७७÷७८ मा १ करोड बजेटको आलुबारी भैंसी खर्क (खोला क्लि) सम्म पुग्ने नयाँ कृषि सडक समेत निर्माण सम्पन्न गर्नुभएको छ भने ताङतिङ बहुउद्देश्यीय कृषि फर्म निर्माण गर्नुका साथै क्रपु डाँडामा धर्म शाला निर्माणको काम पनि सम्पन्न गर्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284