ताजा खबर

यात्रा बेलायतदेखि पुख्यौंली थलो क्होला सोंथरसम्म

   १३ पुष २०७५, शुक्रबार १०:२५      3,100 views


जुमकाजी गुरुङ / उपाध्यक्ष तमू धी युके

सधैं भैmं तमू धीं यु.के.को साधारण सभा भइसकेपछि मेलाको अन्तमा हाम्रो सल्लाहकार पूर्व प्र.अ.एकेन्द्र गुरुङले हामीलाई क्होला सोंथरको भ्रमण गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो र सबै सदस्यहरुले उहाँको प्रस्तावलाई स्विकार्दै सहमत पनि भयो । तमू धी यु.के.को वर्षभरिको एजेन्डा थप नयाँ कार्य समिति गठन भएपछि लगतै गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य भेला, ल्होछार आदि गर्दै सबै सदस्यहरुलाई वर्ष बितेको नै थाहा पाउँदैन यसरी नै वर्ष बित्दै आइरहेको छ । अक्सर तमू धींका सबै सदस्यहरुको दिनचर्य यसरी नै बित्दै आइरहेको छ । अन्ततः ल्होछारपछि गोर्खा कप सुरु हुनुभन्दा अघि हामी भ्रमणमा जाने निश्चित भयौं ।

भ्रमणको संयोजकको जिम्मा पूर्व प्र.अ. श्री एकेन्द्र गुरुङ र सह–संयोजकको जिम्मा तमू धीं यु.के.का वरिष्ठ उपाध्यक्ष श्री नन्दजंग गुरुङ र सल्लाहकार श्री तर्कजंग गुरुङलाई दिँदै उहाँहरुकै नेतृत्वमा हामीले क्होला जाने तयारी थाल्यौ । भ्रमणको क्रममा हामीले लेकमा धेरै कुराहरु प्रत्यक्ष देख्न र सिक्ने मौका पायौं भने अगामी दिनमा खोज अनुसन्धानको लागि हामीले धेरै कुराहरु भेट्यौं ।
यसरी हामीले २०७५ साल वैशाख १ गते नयाँ वर्षको अवसर पारेर भ्रमण सुरु गर्ने निश्चित ग¥यांै । हामी सबै बेग्लाबेग्लै समयमा नेपालको लागि प्रस्थान भयौैं ।

हाम्रो समयको तालिका अति नै व्यस्त खालको थियो । किनकि छुट्टी पनि मिल्नुपथ्र्यो साथै विभिन्न समयको तालिका अनुसार हामीले संस्थाको अरु काम पनि मिलाउनुपर्ने थियो । यसरी नेपाल पुगिसकेपछिको पहिलो दिनको कार्यक्रम हामीले २०७४ साल चैत्र ३० गते नेपालमा स्थानीय र प्रादेशिक तथा संघीय चुनवामा निवार्चित भएका गण्डकी प्रदेश भित्रका तमू सांसद तथा गाउँपालिका अध्यक्षहरुलाई तमू धीं यु.के.को आयोजनामा सम्मान ग¥यौं । यसदिन गण्डकी प्रदेशकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत महत्वपूर्ण व्यक्तित्वहरुसँग हाम्रो भेटघाट र भलाकुसारी भयो । कार्यक्रममा तमू धीं यु.के.ले मुख्यमन्त्री लगायत अर्थ तथा योजना मन्त्री किरण गुरुङ, संघीय सांसद लालकाजी गुरुङ, प्रदेश सांसदहरु मनबहादुर गुरुङ, मिना गुरुङ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), क्होला सोंथर गाउँपालिका अध्यक्ष प्रेम घले लगायतलाई सम्मान ग¥यौं ।

यसरी भोलिपल्ट अर्थात् २०७५ सालको पहिलो दिन वैशाख १ गते औपचारिक रुपमा हाम्रो क्होला भ्रमण सुरु भयो । हामी विहान ७.३० बजे लेकाली चुलो घरमा जम्मा भयौ । त्यसपछि हाम्रो यात्रा लमजुङको घलेगाउँ तिर तय भयो । मैले डुम्म्रे भन्दा उताको यात्रा गरेको थिएन त्यसकारण पनि मेरो लागि र कतिपय हाम्रो साथीहरुको लागि लमजुङ जिल्लाको भ्रमण नै पहिलो पटक थियोे ।
हामी करिब दिउँसो १ बजेतिर बेसीसहर पुग्यांै । शनिबारको दिन भएर होला बजारमा चहलपहल कम थियो । त्यहाँ हाम्रो स्वागतको लागि त्यहाँका अग्रजहरु हाम्रो पखाईमा बस्नुभएको रहेछ । हामी पुग्नसाथ हाम्रो भ्रमण समूहलाई स्वागत गरियो ।

त्यसपछि हामी खाना खाएर बेंसीशहरमा रहेको ऐतिहासिक तमू संङग्राहलयको अवलोकन गर्नतर्फ लाग्यौं । त्यहाँ पुगेपछि संङ्ग्राहलयको बारेमा भलाकुसारी गरियो । स्मरण रहोस् उक्त संङग्राहलय निर्माण गर्दा लमजुङ घर भई हाल यु.के. निवासी पूर्व प्र.अ.एकेन्द्र गुरुङ र ओमेन्द्र गुरुङको साथै लमजुङ समाज युकेको महत्वपूर्ण आर्थिक सहयोग रहेको थियो । संग्रहलयको अवलोकनपछि हामी क्होला सोंथर भ्रमण टोली र त्यहाँका जनसमुदायका साथमा केहि समय हाम्रो अन्तरक्रिया भयो । त्यहाँबाट चिहान डाँडास्थित गुम्बाको अवलोकन गरियो भने त्यहाँ पनि हाम्रो समूहलाई भव्य स्वागत गरियो । जसको लगत्तै हामी घले गाउँतर्पm प्रस्थान ग¥यौं । बेलुकी निकै अप्ठयारो बाटो पार गर्दै हामी घले गाउँमा पुग्यांै । घले गाउँका बासिन्दाहरु हाम्रो पखाईमा बसिरहनुभएको रहेछ । उहाँहरुले हामीलाई भव्य स्वागत गर्नुभयो । यस्तो प्रकारको स्वागत मेरो जीवनमा पहिलो पटक थियो ।

पञ्चै बाजाका साथमा त्यहाँका यूवायुवतीहरु, आमा बाबा बाजेहरु मादलको तालमा नाँच्दै हामीलाई आसिक दिँदै गाउँ भित्रिन सहयोग गर्नुभयो । हामीलाई उहाँहरुले पूmलको माला र नमस्ते घलेगाउँ भएको कालो टोपी लगाई स्वागत र मानसम्मान गर्नुभएको थियो । केहि समयको थकान मेटाइसकेपछि हामीले त्यहाँका गाउँलेहरुसँग युवा क्लब, आमा समूहले गाउँमा गरेको कामको बारेमा जानकारी लियांै । त्यसपछि गाउँलेहरु हामीलाई विभिन्न साँस्कृतिक कार्यक्रम जस्तै घाँटु, कृष्ण चरित्र आदि प्रस्तुत गरेर हामीलाई मनोरञ्जन गराउनुभएको थियो ।

घलेको चलन अनुसार गाउँले हामीलाई रक्सी दिएपछि त्यसलाई ग्रहण गर्नैपर्ने र तीन पटकसम्म त्यो रक्सी खानैपर्ने रहेछ, हामी सबैले खायौं । त्यो साँझ घले गाउँमा अति नै रमाइलोका साथ हाम्रो समय बित्यो । त्यस्तो साँझ मेरो लागि जीवनको एउटा अविस्मरणय साँझ रह्यो । यसरी पहिलो दिनको भ्रमण हामीले अत्यन्तै सफल ढंगाले सम्पन्न ग¥यौं । भोलिपल्ट मेरो जन्मदिन थियो । बिहानै उठेर आफ्नो नित्यकर्म गरिसकेपछि आमालाई सम्झें मेरो जीवन संगीनीलाई सम्झें र सारा मेरो कुल देवता, पितृहरुलाई सम्झें । त्यसपछि मैले हाम्रो भ्रमण संयोजक एकेन्द्र गुरुङको आर्शीवाद लिएर आप्mनो जन्मदिन मनाएँ । त्यसपछि हामी घलेगाउँको अवलोकन गर्नतिर लाग्यौं ।
हाम्रो भ्रमणको संयोजक एकेन्द्र गुरुङले लेख्नु भएको लेख नमूना घले गाउँ शीर्षकको लेख मैले यसभन्दा अगाडि नै तमू संसार, फ्रेंसी लगायतको पत्रिकामा पढेको थिएँ । अहिले त्यहाँ आफै पुगेर यहाँको दृष्य अवलोकन गर्दा मन आनन्दित भइरहेको थियो । यसगाउँबाट हेर्दा वरिपरिका गाउँहरु टाढाटाढासम्म पनि देखिँदोरहेछ ।

माछापुच्छे«, अन्नपूर्ण दोस्रो, लमजुङ हिमालको दृष्य नजिकै देख्दा जो कोहीको मन फुरुङ्ग हुन्थ्यो । यस गाउँलाई भ्रमण गर्दौ जाँदा गाउँका बिचमा संङ्ग्राहलय पनि रहेछ । त्यसभित्र अवलोकन गर्दा विभिन्न किसिमका सर–सामनहरुले सजिएको रहेछ । त्यो गाउँमा फुटबल मैदान र बास्कटेबल, भलिबल खेल मैदान पनि निर्माण गरिएको रहेछ । त्यतिबेला घलेगाउँमा फुटबलको आयोजना भइरहेको थियो । त्यसपछि हामी त्यहाँबाट विदा भएर नायूँ गाउँतिर प्रस्थान ग¥यांै । नायँु गाउँ जो तमू धीं यु.के.का संरक्षक गैर आवासीय नेपाली संघका निर्वतमान अध्यक्ष डा.शेष घले अनि जमुना गुरुङको हो । त्यहाँ हामीले नायुँका स्थानीय लगायत शेष घलेको आमालाई भेट्यौं । उहाँले हामीलाई टिका र पूmल लगाई स्वागत अनि भ्रमणको सफताको आशिस दिनुभयो ।

बिस्तारै हामी त्यहाँबाट भम्रणको सफलताको आशिस लिएर अगाडि बढ्यौं । त्यसपछिको हाम्रो यात्रा भुजुङ गाउँ थियो मोटरको बाटो अति नै जोखिमपूर्ण यात्रा गर्दै हामी भुजुङ गाउँको अलि नजिक पुग्यौं त्यसपछि हामीले करिब २÷३ घण्टाको पैदल यात्रा गरेपछि भुजुङमा पुग्यौं । त्यसदिनदेखि हाम्रो जीपको यात्रा समाप्त भयो र हामी पूर्णरुपमा पैदल यात्रा गरेर क्होलातर्पm लाग्ने योजनामा थियौं । भुजुङमा हामीलाई त्यसगाउँका आमा समूह, गाउँपालिका अध्यक्ष लगायत केटाकेटी युवायुवतीहरुले भव्य स्वागत गरेको थियो । एउटै गाउँ र एउटै गा.वि.स. भनेर पहिले देखि नै चर्चित भुजुङ गाउँमा करिब ६ सय घरधुरीको बसोबास रहेको हामीले पायांै । त्यसदिन आमा समूहद्धारा आप्mनो केहि मनोरञ्जनात्मक नाचगानहरु हामीमाझ प्रस्तुत गरेको थियो । हामी उक्त नाचगानको भरपुर मनोरञ्जन लियौं । त्यसपछि हामीले पैदल यात्रा हिँड्न सुरु ग¥यौं । यात्रामा हामी जम्मा ५८ जनाको सहभागिता रहेको थियो । बाटो भरि आउने उकाली ओराली अप्ठ्यारो सबै बाटो पार गर्दै करिब ४÷५ घण्टाको हिँडाइपछि केही छिनमा नै सिमसिमे पानी प¥यो । हामीबीच त्यसदिनको बास कहाँ बस्ने भन्ने सरसल्लाह भयो र केहि छिनमा हिँडेर हामी खोलाको छेउमा पुगेर सबै मिलेर आ–आप्mनो काम गर्न थाल्यौं । कसैले टेन्ट टाँङ्ने, कसैले खाना पकाउने इत्यादि गरेर त्यसरात हामीले खोला छेउमा रात बितायांै । त्यही मौकामा मैले आप्mनो मोबाइल निकालेर हेरें सिगनल देखें र आमालाई फोन गरेर जन्मदिनको आशिष लिएँ साथै मेरी धर्मपत्नीलाई फोन गरेर सम्झें । त्यो रात निकै नै कष्टपूर्ण तरिकाले बित्यो ।

भोलीपल्ट बल्ल हामी निकै कष्टपूर्ण यात्रा गरेपछि तमूहरुको पुख्र्यौली थलो क्होला सोंथरमा पुग्यौं । त्यहाँ पुग्दा बाटोभरिको सबै दुःख बिर्सियौं । त्यहाँको महत्वपूर्ण ऐतिहासिक थलोहरुको अवलोकन गरेपछि मनले धेरै आनन्द महसुश ग¥यो । त्यहाँका पुराना घरका भग्नावशेषहरु, ठूलाठूला रुखहरु, च्याम्स्यो ङरा गुफा, घोडा दौडन चौर लगायतको अवलोकनले तत्तकालीन अवस्थाको पुर्खाहरुको जीवन शैली रहनसहन र संस्कृतिको बारेमा बुझन सोच मग्न हुन बाध्य तुल्यायो । यसरी थुप्रै नौलो अनुभव, रमाइलो क्षण र केहि कष्टहरु सहँदै हामी क्होला सोंथरबाट कास्कीको सुन्दर बस्ती सिक्लेसतर्फ अघि बढ्यौ ।

सिक्लेस हाम्रा तमू धीं यु.के.का वरिष्ठ उपाध्यक्ष तथा भ्रमण टोलीका सह–संयोजक नन्दजंग गुरुङको जन्म गाउँ हो । हामी त्यहाँ आइपुग्दा त्यहाँका स्थानीयले हामीलाई भव्य स्वागत गरेका थिए । ठूलो लामो घर, फराकिलो आँगन र चौडा पिँढी गाउँको पुछारमा रहेको घर आफैंमा रमणीय खालको थियो त्यही घरमा हाम्रा उपाध्यक्ष नन्दजंग गुरुङको जन्म भएको थियो । घरको आँगनमा चलेको चिसो हावाले मनमा आनन्दसँग सुखको अनुभूति भइरहेको थियो । पोखराबाट सातदिनपछि सिक्लेमा आइपुग्दा मिठो चियाको चुस्की लिने तलतलले धेरै सताएको थियो । त्यहाँ आएपछि धित मर्ने गरी चियाको चुस्की लियांै र थकान मेटायौं । तमू धीं यु.के.का उपाध्पयक्ष नन्दजंग गुरुङ र उहाँका भाइ गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले हाम्रो लागि खाना बस्नको राम्रो बन्दोबस्त गर्नुभएको थियो । हामी त्यहाँ आइपुग्दा गाउँलेहरु दुईवटा खसी र च्याङग्रा काटेर भुत्ल्याइरहेको थियो । कोही साथीहरु खाना खाने तरखर गर्दै थिए भने म भने भ्रमण टोलीको आर्थिक संयोजकको हैसियातले आप्mनो आर्थिकको हिसाब किताब मिलाउनमै व्यस्त थिएँ । सिक्लेससम्म आइपुगेपछि हामीले लमजुङ हुँदै क्होला सोथर र सिक्लेससम्म हामीलाई गाइड गर्ने हाम्रा स्थानीय साथीहरु र पैडी क्लेप्री तथा अन्य गरी ३० जनालाई त्यहाँबाट बिदाइ ग¥यौं । त्यसपछि बल्ल मलाई अलि फुर्सद भयो । त्यस रातीको कार्यक्रम सिक्लेस सामुदायिक भवनमा रहेको थियो करिब ८ बजेतिर हामी जम्मा भयांै त्यहाँका बासिन्दाहरु पहिले नै उपस्थित भइसकेको रहेछ । त्यस साँझ त्यहाँका युवायुवतीहरु, आमा समूह र बाबा समूहले नाचगान गरेर रमाइलो गर्नुभयो । कार्यक्रममा तमू धीं यु.के.का वरिष्ठ उपाध्यक्ष नन्दजंग गुरुङले महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले आफ्नो चुनावी यात्राको अनुभव र भावी योजनाको बारेमा मन्तव्य राख्नु भएको थियो । हामीले उक्त कार्यक्रममा भरपुर मनोरञ्जन लियौं । भोलिपल्ट बिहान सबेरै ५ बजे नै उठेर मेरा सहकर्मीहरुसँगै गाउँमाथिको डाँडातिर उकालो लाग्यौं । माथि डाँडाबाट हेर्दा पुरा गाउँ नै देख्न सकिने रहेछ । ठूलो अनि घना बस्ती भएको गुरुङ गाउँ अति नै सुन्दर तर घरका छानाहरु प्रायः सबै टिनले छाएको भएर होला अलि खल्लोपना लाग्यो । हामी माथि पार्कमा पुग्यौं त्यहाँ पार्कको लागि ठूलो मात्रामा जग्गा अधिकरण गरेर राखेको रहेछ । पार्कको बिचमा टावर राखिएको रहेछ । जहाँबाट वरिपरिको दृष्यहरु मज्जाले देख्न सकिन्थ्यो ।


त्यसदिन यस सिक्लेस गाउँम मादी गाउँपालिकाको आयोजनामा क्होला सोंथरको संरक्षण प्रवद्र्धनका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस तथा छलफल कार्यक्रम राखिएको थियो हामी उक्त कार्यक्रममा सहभागि हुनुपर्ने भएकोले छिटोछिटो डाँडाबाट झरेर तयारी तिर लाग्यौं । गण्डकी प्रदशेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा मादी गाउँपालिका १२ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, तमू धीं नेपालका अध्यक्ष कर्म तमू, इतिहासविद डा.जगमान गुरुङ, पत्रकार, पच्यु, क्लेप्री चिवाहरु लगायत सर्वसाधरणको उक्त कार्यक्रममा व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले गर्नुभएको थियो भने संस्कृतिविद डा.जगमान गुरुङले क्होला सोंथरको अध्ययन, संरक्षण, प्रचार प्रसार तथा प्रवद्र्धनको विषयमा २५ बुँदे कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तमू धीं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमू फोरम यु.के.का डाइरेक्टर क्या.राजु गुरुङले आफ्नो मन्तब्य राख्नुभएको थयो । म भने सोही कार्यक्रममा सहभागी भएका तमू संसारका सम्पादक रोशनी बैनीसँग कार्यक्रमको बारेमा भलाकुसारी गर्दै थियौं । एकैछिन त्यसपछि उहाँ पोखरा फर्किनुपर्ने र हामी ताङतिङ जानुपर्ने भएकोले हामी त्यहाँबाट छुटियौं ।
कार्यक्रम सम्पन्न भएपछि त्यसदिन बेलुकी हामी ताङतिङ पुग्नुपर्ने थियो । सिक्लेबासीको न्यानो माया अतिथ्यता सत्कार सबैलाई मनमा बोकेर हामी हाम्रो यात्राको अन्तिम बस्ती ताङतिङतिर लाग्यौं । कास्कीको मादी गाउँपालिका वडा नं. २ मा पर्ने ताङतिङ गाउँ सोही गाउँपालिका अध्यक्ष एवं अभियान फिल्मस प्रा.लि. निर्माता÷निर्देशक वेदबहादुर गुरुङ (श्याम) र हाम्रा भ्रमण टोलीका सह–संयोजक तथा तमू धीं यु.के.का सल्लाहकार तर्कजंङ गुरुङ जन्म गाउँ हो । सिक्लेसबाट नजिकै पारि पाखामा देखिने गाउँ पुग्न हामीलाई निकै गाह्रो भयो । सिक्लेस (चिउली) नासलाई पछि पार्दै आधा बाटो पनि काटेको थिएन हामीले लठीको साहायताले बाटो काट्यौं । छिनमा नै पुग्छ भन्ने बाटो त घण्टौं लाग्यो । निकै ओरालो झरेपछि बल्ल मादी नदीको झोलुङ्गे पुलमा पुग्यौं । त्यसपछि अप्ठयारो बाटोमा निकै संघर्ष गरेपछि मात्रै हामी ताङतिङ गाउँमा पुग्यौं । ताङतिङ पुगेपछि हामीलाई गाउँको सभाहलमा लगियो । त्यहाँ सबै गाउँलेहरु हातमा पूmलको माला र टिका लिएर बस्नु भएको रहेछ । हलभित्र छिर्दा स्टेजमा घाँटु नाँचको प्रस्तुति चलिरहेको थियो भने चेलीबेटीहरु हामीलाई खाजा दिन तल्लीन हुनुहुन्थ्यो । यसरी गाउँलेको अतिथ्य सत्कार र लिएर हामी करिब रातको १ बजे हाम्रो बासस्थानतिर लाग्यौं । जुन त्यहाँको स्वयम सेवक र युवा क्लबका साथीहरुले बन्दोबस्त गरेका थिए । ताङतिङ पुगेको भोलिपल्ट बिहान उठेर नुहाइ धुवाइ गरेपछि जब घरबाट बाहिर निस्कियौं म दङ्ग परे अन्नपूर्ण हिमाल त मेरो अगाडि अभिरहेको थियो । त्यहीबेला सम्झिहालें रामकृष्ण ढकालको गीत “बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस्” यसको अलवा त्यस गाउँबाट छिमेकी गाउँहरु सिक्लेस, पार्चे, खिलाङ, तप्राङ लगायत घना जंगलको दृष्य अवलोकन गर्न सकिन्थ्यो । त्यसपछि हामी सबै भेला भएर ताङतिङ गाउँभन्दा अलिमाथि डाँडामा रहेको तमूहरुको अर्को ऐतिहासिक बस्ती नांैजु डाँडातिर लाग्यौं । जुन डाँडामा तमूहरु क्होला सोथरबाट बसाई सरेर आएपछि बस्ती बसालेका थिए । अहिले भन्दा उक्त ठाउँमा मानिसको बस्ती छैन । करिब १ घण्टाको उकालो चढीसकेपछि हामी त्यहाँ पुग्यौ । यहाँबाट हामीले चारैतिरको दृष्य धित मरुञ्जेल अवलोकन ग¥यौं । त्यस डाँडामा हरेक वर्ष पूजा हुन्छ रे त्यहाँ गुफाभित्र पुजारी पच्यु घ्याप्री बाहेक अहिलेसम्म कोहि पनि गएको छैन । र त्यहाँ भित्र के छ भने अहिलेसम्म पनि कसैलाई थाहा छैन भन्ने कुरा स्थानिय बुद्धिजीविबाट थाहा पायांै । त्यो ठाउँ घुम्ने क्रममा अचानक अन्नपूर्ण हिमालमा हिउँ पहिरो गएको पनि देख्न पायौं यस्तो दृष्य धेरै कम मात्रमा देख्न सकिन्छ । त्यसपछि हामी त्यसै गाउँमा नवनिर्मित तोनी क्होइबो धीं हेर्न गयौं । क्होइबो धीं गाउँको सिरानमा रहेछ । चारैतिर घेरा लगाएर टाढा टाढाबाट पनि सजिलो देख्न सकिने रहेछ । यस तोनी क्होइबो धींमा पच्यु, क्लेप्री, बोन लमको मूर्ति सबै सजाएर राखेको पायौं । त्यहँभित्र अनेकन किसिमका चिजहरु राखेर पहिलाको समयमा के–कस्ता चलन र रहनहसन थियो भनेर बुझाउने सुन्दर आर्टहरु भित्ताभरि कोरिएका थिए । जुन आर्टबाट तमूहरुको संस्कार र संस्कृतिको कुराहरु धेरै बुझ्न सकिन्थ्यो । क्होइबो धींको अवलोकनपछि त्यहाँका क्लेप्री चिवाले हामीलाई आशिष दिनुभयो र केहि छिनको बसाईपछि हामी त्यही गाउँमा निर्माण भएको बौद्ध गुम्बाको अवलोकन गर्नतिर लाग्यौं । अब हाम्रो समय छोटिँदै गइरहेको थियो र सिमित समय मात्र भएकोले हामी हतारहतार गरिरहेका थियौं । गुम्बामा पुगेर हामीले पूजापाठका साथै त्यस गुम्बाका गुरु खेन्पो श्री लामा गुरुबाट वाङ ग्रहण ग¥यौं र पूजा ग¥यांै । त्यसको लगतै हामी खानाखानतर्फ लाग्यांै जुन गुम्बामा नै सबै गाउँले मिलेर बनाउनु भएको रहेछ । अन्त खानाखाई सकेपछि सबैसँग विदा मागेर हाम्रो टोली मनभरि उत्साह बोकेर पोखरा फर्कियौं । बेलुकी करिब ७ बजेतिर हामी पुन लेकाली चुलो नै आएर सम्पूर्ण भ्रमणको अन्त ग¥यौं । यतिका दिन कसरी बित्यो पत्तै भएन । केही हाँसो, केही दुःख, केही सुख त्यो भन्दा बढी रमाइलो अझ बढी उत्साह नयाँ जोस र जाँगर अनि थुप्रै नयाँ कुराहरु सिकेर हामीले आफ्नो महत्वपूर्ण तथा ऐतिहासिक भ्रमण सम्पन्न ग¥यौ र पुनः कर्म थलो बलायत प्रस्थान ग¥यौं ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284