ताजा खबर

यात्रु बाेकेकाे बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गयाे

   २ फाल्गुन २०७५, बिहीबार २०:४१      2,618 views

रासस

जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरकाे यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ । 

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । 

उद्धारका लागि घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको छ । 

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284