
रामबजारको जिउँदो इतिहास समाजसेवी मनविर गुरुङ अर्थात ढासा बाजे
रोशनी गुरुङ
सेतै फुलेको कपाल चाउरिएको गाला, शिरमा ढाका टोपी अनि अलिकति कुप्रिएको शरिर तर मनभरि कहिल्यै नघटने जोस र जाँगर समाजको लागि बोकेर हिडि रहेको अनि जीवनमा निरन्तर संघर्ष गरिरहेको एक साधकको नाम हो मनविर गुरुङ यानिकि ढासा बाजे उहाँलाई आफनो असली नामले कमै मात्र मान्छेले चिन्छन बहुसङख्यक मान्छेले उहाँलाई ढासा बाजेको उपनामबाट छिटो र सजिलै चिन्छन ।

तनहुँ जिल्लाको क्यामिन गा.वि.स. वडा नं. ८ सामली हालको व्यास नगरपालिका वडा नं. ७ मा बाबा स्व.प्रतिमान गुरुङ र आमा जमुना गुरुङको कोखबाट वि.सं. १९९८ सालमा जन्मिनु भएका मनविर २०२५ सालमा पोखराको रामबजारमा बसाई सरेका थिए ।
श्रीमती तीन जना छोराहरु र दुई जना छोरीको साथमा रामबजारमा बस्दै आउनुभएका मनविरलाई श्रीमती रुमकला गुरुङले जवानीमा छोडर स्वर्गबास भएपछि नितान्त एक्लोपनको जिन्दागीलाई उहाँले अझै समाज सेवामा सक्रिया भएर बिताउनु भयो ।
पोखरको रामबजार अहिले जति सव्य र सुविधा जनक छ त्यतिबेला त्यस्तो अवस्था थिएन । त्यसैले रामबजारको मुहार फेर्न त्यहाँ विकास निर्माणको काम अघि बढाउन मनविर गुरुङको ठूलो योगदान छ जुन रामबजारबासीले बिर्सेका छैनन् ।
भारतीय सेनाका रिटायर पेन्सनर मनविरले औपचारिक शिक्षाको नाममा नेपाली वर्णमाला मात्रै पढेका छन् । तर उहाँको सिकाई अनुभव कुनै डिग्री होल्डरको भन्दा कम छैन ।
उहाँका अनुसार हालको रामबजारको नामाकरण वि.सं. २०१७ सालपछि मात्रै भएको हो । सुरुमा भारतीय पेन्सन क्याम्प स्थापना भएपछि पेन्सन क्याम्पको नामबाट चिनिन थालियो भने पछि राम मन्दिरको निर्माण पश्चायत रामबजारको नामबाट चिनिन थालिएको हो । त्यो भन्दा अगाडी रामबजार क्षेत्रलाई ढुङ्गेसाँघु अथवा रामघाटको नामबाट पनि चिनिन्थ्यो ।
मनविरले रामबजारमा बसेर आफनो जवानी बिताउनु भएको छ र बुढौयौलीपनका दिनहरु बिताइ रहनु भएको छ ।
उहाँलाई रामबजारको असाध्यै माया लाग्छ र रामबजारबासी पनि उहाँलाई औधी माया गर्छन । त्यही रामबजारबासीको मायाको गुण तिर्न उहाँले आफनो जीवनकालमा धेरै सामाजिक काम गर्नुभएको छ ।
ढासा बाजेका सामाजिक कामहरु
उहाँले वि.सं.२०२८ सालमा मिलन मार्ग बाटो निर्माण समितिमा सचिव भएर काम गर्नुभयो । २०३८ सालमा राम मन्दिर निर्माण समितिको सदस्य, २०४५ सालमा भू.पू सैनिक वर्गिय संगठनको उपाध्यक्ष, २०४३ सालमा कालिका मन्दिर निर्माण समितिको अध्यक्ष भएर काम गर्नुभयो ।

त्यसपछि २०४५ सालमा श्री कृष्ण मन्दिर निर्माण समितिको सदस्य, २०४६ सालमा विश्वकर्म मन्दिर निर्माण समितिको सदस्य, २०४६ सालमा गण्डकी ट्रक व्यवसायी समितिको संस्थापक सदस्य भएर काम गरिसक्नु भएको छ ।
यसका साथै उहाँले २०३८ सालदेखि २०४६ सालसम्म पोखरा १० को वडा अध्यक्ष भएर काम गर्नुभयो । यसका साथै २०४३ सालमा उहाँले तत्कालीन पोखरा नगरपालिकाको कार्यवाहक प्रधानपञ्च भएर समेत काम गरिसक्नुभएको छ ।
२०६० सालमा मनोनित वडा अध्यक्ष भएर पुनः उहाँले काम गर्नुभएको छ भने २०६१ सालमा पोखरा उपमहानगर पालिकाको कार्यवाहक प्रमुख भएपनि काम गरिसक्नुभएको छ ।
यसका आलवा उहाँले बौद्ध अघौ सदन पोखराको आजीवन सदस्य, कालिका मा.वि.मा पटक पटक सदस्य भएर तथा बाल मन्दिर स्कूल कुँडरहरमा सदस्य भएर एवम् होम नर्सरी स्कूल रामबजारको अध्यक्ष भएर तथा तनहुँ तमू समाजको सल्लाहकार भएर काम गरिसक्नु भएको छ ।
उहाँ तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आजीवन सदस्य, नेपाल रेडक्रस सोशाइटी १०, १५,१८ को संस्थापक सभापति तथा हाल आजीवन सदस्य, कालिका मन्दिर आमा समुहको सल्लाहकार संयोजक समेत हुनुहुन्छ ।
ढासा बाजेले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरु
समाज सेवामा लागे बापत उहाँलाई माछापुच्छे« महिला समुहले तीजको अवसर पारेर सम्मान गरेको छ भने समाज कल्याण समिति, श्रीकृष्ण मन्दिर व्यवस्थापन समिति, रामबजार टोल सुधार समिति लगायतका विभिन्न संघ संस्थाले विभिन्न समयमा सम्मान गरि सकेको छ ।
गत माघ ११ गते पोखरामा तमू साँस्कृतिक प्रतिष्ठान नेपालले आफनो १७औं वार्षिक उत्सवको अवसर पारेर पार्वता स्मृति उत्कृष्ट समाजसेवी पुरस्कारबाट उहाँलाई सम्मान गरेको छ ।
उहाँले आफनो जीवनकालमा रामबजारमा कृषि सामाग्री भण्डार, रासन दोकान र ढासा राईसमिल समेत सञ्चालन गर्नुभयो ।
मनविरले आफनो जीवनकालमा भारत, हङकङ र बेलायतको भम्रण समेत गर्नुभएको छ ।
आजभोलि रामबजारको ढासा टोलमा कालिका मन्दिर निर्माण भएपछि उहाँ हरेक दिन विहान मन्दिर जाने पूजा गर्ने, मन्दिर वरपरको क्षेत्रको सरसफाई गर्ने छेवैमा रहेको प्रतिक्षालयमा साथी संगी दौतरी र टोलबासीसँग गफ गर्ने र बचेको समय आफनै घरमा रहेको आफनो निजी कार्यालयमा बसेर टोल समाजको चिन्तन मनन गर्ने उहाँको दिनचर्य बनेको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Ray2289 2025-04-29 18:48:13