
लकडाउन अवधीभर मादी गाउँपालिको विभिन्न वडामा प्रवेश निषेध
विश्वभर फैलिएको कोरोना भाइरसका कारण हाल मुलुकमा जारी लकडाउनको पूर्णरुपमा पालना गर्दै मादी गाउँपालिकाको सबै नाकाहरुमा प्रवेश निशेष गरिएको छ ।

गाउँपालिको वडा नं २ को ताङतिङ प्रवेश गर्ने बाटो झुप्राङ डाडामा आजबाट आवतजावतको निम्ती बाटो पूर्ण रुपमा बन्द गरिएको मादी २ का वडा सदस्य दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
स्थानिय सेतीखोला युवा क्लब र आमा समुहको संयुक्त पहलमा ताङतिङ गाउँको प्रवेश द्धार मानिने बेंसीमा सुरक्षाकर्मी सहितको टोली बाटो बन्द गर्नका लागि खटिएको समेत बताईएको छ ।

यसअघि मादी गाउँपालिकाको वडा नं ३ याङजाकोट, वडा नं. २ को घ्याम्राङ तथा वडा नं. ६, ७ र १ प्रवेश गर्ने खतेडाँडा लगायतको स्थानमा पनि गाउँ प्रवेश गर्नमा रोक लगाई सकेको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00