
लोकका लोकप्रिय लोकबहादुर…..
गौरी तमू
एरनेस्ट हेमिंगवेको एउटा चर्चित भनाइ छ, ‘हरेक मान्छे बाँच्छ र मर्छ ,तर ऊ कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मानिसहरुको अलग अलग परिचय बन्छ ।’ मान्छे अजम्बरी छैन, ढिलो चाँडो न हो जन्मेपछि एकदिन अवश्य मर्नुपर्छ यो प्रकृतिको नियम हो ।

मरेपछि पनि यदि कोही बाँचिरहन्छ भने त्यो उसको सत् कर्म नै हो । जसले आफ्नो जीवन कालमा व्यक्ति स्वार्थबाट माथि उठेर समुदाय, राष्ट्र र सिंगो मानव समुदायका लागि योगदान दिएको हुन्छ ऊ मरेर गएपछि पनि लोकमा अमर रहन्छ ।
यस्तै अमर व्यक्तिहरुमध्येका एक हुन् संस्कृतिकर्मी, गुरुङ चलचित्र निर्माता, निर्देशक,गीतकार, सङ्गीतकार एवम् तमू संसार पत्रिकाका संस्थापक÷प्रकाशक स्व.लोकबहादुर गुरुङ । वि.सं.२००४ सालमा आँटीघर लामस्वाँरा कास्कीमा बाबा स्व.डम्मरबहादुर गुरुङ र आमा स्व. भानुकुमारी गुरुङको कोखबाट जन्मनु भएका उहाँले अमरसिंह मा.वि. पोखरामा १४ वर्ष अध्यापन गराउनुभयो भने अर्को १४ वर्ष पोखराकै भद्रकाली मा.विमा प्रधानाध्यापकको रुपमा रहीँ आफ्नो जीवनको २८ वर्ष लामो समय शिक्षण सेवामा बिताउनुभयो ।
शिक्षण पेशामै हुँदै गर्दा गायन र वाद्यवादनतर्फ रुचि राख्नुहुने उहाँ वि.सं.२०२८ सालमा लोक गायक तथा संकलक कल्याण शेरचन लगायतको समूहसँग मिलेर रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा कसकी छोरी हौं नानी… बोलको कौडा गीत गाएर प्रथम हुनुभएको थियो भने उहाँले वि.सं. २०४० सालमा भन्ज्याङ काटेर नजाऊ, दिलै तोडेर नजाऊ, मलाई यहाँ एक्लै पारी माया मारेर नजाऊ जस्ता सदाबहार गीतको रचनासमेत गर्नुभएको थियो ।
जब उहाँ वि.सं.२०५७मा शिक्षण सेवाबाट निवृत्त हुनुभयो तब खडेरी जस्तै भइसकेको गुरुङ गीत,सङ्गीत,चलचित्र र पत्रकारिता क्षेत्रमा केही आशाको किरण देखा पर्न थाल्यो ।

२०५८ मा उहाँले वेदबहादुर गुरुङ ‘श्याम’(नायक तथा हाल मादी गाउँपालिका प्रमुख)सँग मिलेर अभियान फिल्मस् प्रा.लि.मार्फत यस ब्यानरको पहिलो गुरुङ चलचित्र ङ्योय नास ट्हों(हाम्रो गाउँ घर)निर्माण गरेर गुरुङ चलचित्रकै इतिहासमा ५१ दिन मनाउन सफल हुनुभयो ।
त्यसैगरी गुरुङ समुदायमा सर्मपित तमू संसार पत्रिकाको प्रकाशन शुरु गरेर विशेषतः साहित्य लेखन र पठनमा पछाडि परिरहेका गुरुङ समुदायका लागि प्रेरणादायी कार्य गर्नुभयो । त्यतिबेलासम्म यसरी निरन्तर रुपमा प्रकाशित हुने गरि अरु गुरुङ पत्रिकाहरु आएका थिएनन् भने चलचित्रहरु पनि अत्यन्तै न्युन मात्रामा निर्माण भइरहेका थिए ।
अभियान फिल्मस् प्रा.लि.को निर्माणपछि मात्रै गुरुङ चलचित्रले एउटै व्यानरमा निरन्तर दुई वर्षको अन्तरालमा चलचित्र बनाउन थाल्यो ।
गुरुङ गीत, सङ्गीत र चलचित्र क्षेत्रलाई मूल्यांकन गर्दा यदि केही क्षणका लागि स्व.लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ (श्याम) को अभियान फिल्मस् प्रा.लि द्वारा निर्मित आधा दर्जन बढी गुरुङ चलचित्रहरु र गीतहरुलाई झिकिदिने हो भने यो क्षेत्र लगभग रित्तो जस्तै देखिन्छ । यहीँ तथ्यबाट पनि प्रष्ट हुन्छ कि गुरुङ समुदायका लागि लोकबहादुर गुरुङको योगदान के थियो भन्ने ?
मलाई अस्ति भर्खरै जस्तो लाग्छ तर १८ वर्ष अघि रहेछ, २०५९ सालको जेठ महिनामा एउटा अपरिचित चिठी मेरो नाउँमा आइपुग्यो ।
जहाँ लेखिएको थियो, ‘गौरी बहिनी नमस्कार ! म तमू संसार पत्रिकाको प्रधान सम्पादक लोकबहादुर गुरुङ, हामीले दुई वर्षदेखि यो पत्रिका प्रकाशन गर्दै आइरहेका छौं, तपाईंले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराको गुरुङ भाषाको कार्यक्रममा पठाउनुभएको तमू समाजको वर्तमान चुनौति… शीर्षकको लेख मलाई इन्दिरा बहिनीमार्फत प्राप्त भएकोले प्रकाशनको लागि अनुमति चाहन्छु । साथै गैडाकोट, नवलपरासी भेग, क्षेत्रका लेख रचनाहरु पठाएर सहयोग गरिदिनुहोला ।
तमू संसार पत्रिकाको सुरुआत गरेसँगै उहाँले हामी जस्तै भर्खरै साहित्य लेख्दै गरेका कैयौं नयाँ भाइबहिनीहरुलाई यसरी नै व्यक्तिगत चिठी लेखेर तमू संसारमा आवद्घ मात्रै गराउनुभएन, विशेष जिम्मेवारी सुम्पिदै कवि, लेखक हुँदै पत्रकार, सम्पादक समेत उत्पादन गराउनुभयो ।
जसको ज्वलन्त उदाहरण हुन् उहाँको निधनपछि पनि हालसम्म सम्पादकको भूमिकाका रहेर पत्रिकालाई निरन्तर रुपमा प्रकाशित गर्दै आइरहेकी कवि एवम् पत्रकार रोशनी गुरुङ र यहीँ छैठौं स्मृति दिवसका अवसरमा रु. ३५ हजार नगदसहित सम्मानित हुँदै गरेका गीतकार एवम् पत्रकार आश गुरुङ ।
एउटा व्यक्तिले चाहने हो भने सयौं, हजारौं व्यक्ति या सामाजिक, धार्मिक संघ, संस्थाले समेत गर्न नसकेको कार्य गर्न सक्छ र समाज परिवर्तन गर्न सक्छ भन्ने उदाहरण हुन् स्व.लोकबहादुर गुरुङ ।
आज २० वर्षसम्म पनि उहाँद्वारा शुरु गरिएको तमू संसार पत्रिका निरन्तर प्रकाशित भइरहेको छ भने उता चलचित्र क्षेत्रतर्फ पनि व्यावसायिक मुनाफा र कस्मेटिक प्रचारप्रसारभन्दा माथि उठेर विशु्द्व गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित ६ वटा चलचित्रहरु, २०६० मा हेर्बे ट (लेकाली फूल) २०६२ मा चों (भाउजू/बुहारी) २०६४ मा क्रमु (पछ्यौरी) २०६६ मा प्ह्रेंस्यों (दुलही) २०६८ मा धीं (घर) र २०७२ मा (उहाँको निधनपछि) उहाँकै कथावस्तु र गीत समावेश गरिएको युम्पो देउराली (ढुंगे देउराली) प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्माण हुँदै आए ।
त्यसपछि भने अभियान फिल्मस् प्रा.लि.को चलचित्र निर्माणको कार्य केही ढिला भए पनि निरन्तरताकै बाटोमा छ ।
यी सबै चलचित्रहरुमा उहाँका दुई दर्जन बढी गीतहरु समावेश छन् भने विभिन्न गाउँको चिनारी दिने करिब आधा दर्जन गीतहरु पनि सृजना गर्नुभएको छ । उहाँ रहिरहनुभएको भए अहिलेसम्म अझै तीन चलचित्र र डेढ दर्जन गुरुङ गीतहरु थपिने थिए ।
उहाँको निधनले गुरुङ समूदायलाई अपूरणीय क्षति त भएको छ नै र पनि हामीले यस छैठौं स्मृति दिवसका अवसरमा उहाँको आधी लयँ (आधा जून) गीत सङ्ग्रह पनि प्रकाशित गरेका छौं । यस कार्यले उहाँका छिरल्लिएर रहेका सृजनालाई एउटै थुँगामा समेट्ने काम भएको छ ।
जसरी घाम उदाएपछि अस्ताउँछ उसैगरी मान्छे जन्मेपछि मर्नै पर्छ यो शाश्वत सत्य हो । प्रत्येक भाद्र १९ गते हाम्रा लागि अँध्यारो दिन भए पनि उहाँले गुरुङ समुदायलाई दिनुभएको योगदानले केही मात्रामा भए पनि उज्यालो किरण दिइरहेकै छ । यो किरणलाई अझै चम्किलो बनाउँदै लाने जिम्मेवारी हाम्रो काँधमा थपिएकै छ ।
उहाँले जति जीवन बाँच्नुभयो त्यो अर्थपूर्ण, प्रेरणादायी, रहर लाग्दो र लोभ लाग्दो त थियो नै मृत्यु पनि हेमिंगवेले भनेजस्तै छुट्टै परिचयसहितको शानदार थियो । हामीलाई पनि यस्तै जीवन बाँच्ने प्रेरणा मिलोस् लोक दाइप्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछु ।
(लेखक तथा साहित्यकार गौरी तमू स्व.लोकबहादुर गुरुङले स्थापना गर्नुभएको तमू संसार पत्रिकाको भाषा सम्पादक हुनुहुन्छ ।)
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26