ताजा खबर

विदेशी विज्ञले सम्झिए गुरुङ समुदायको लोपोन्मुख संस्कार

   २५ आश्विन २०७७, आईतवार १९:१६      955 views

गुरुङसमुदाय संस्कार र सस्कृतीमा धनी समुदाय हो । यो समुदायको धेरै संस्कार र सस्कृती हराई सकेका छन् । कति संस्कार र संस्कृती हराउने चरणमा पुगेका छन् ।

नेपालमै आएर गुरुङसमुदायबारे विभिन्न अध्ययन अनुसन्धान गरेका विदेशी विज्ञहरुले लोपुन्मुख संसकार र सस्कृतीबारे चर्चा गरे । अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा जारी दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद शृंखलाअन्तर्गत तेस्रो दिनको पहिलो सेसनमा आइतबार विदेशी विज्ञहरुले गुरुङसमुदायसँगको आफ्नो सम्बन्ध पनि प्रस्ट्याए ।

आफ्नो विद्यावारिधीका लागि कास्की र लम्जुङका गुरुङ महिलाबारे अध्ययन गरिरहेकी जापानकी नानाको योसिमोतोले गुरुङसमुदायमा प्रचलित रहेको पुरानो विवाह संस्कारबारे चर्चा गरे । ‘पहिलो पटक नेपाल आउँदा विवाहपछि पनि गुरुङ महिलाहरु जन्म घरमै बसेको देख्दा मलाई अचम्वित लागेको थियो’, उनले भनिन्, ‘यस्तो संस्कार जापान र एसियाका अरु देशहरुमा पनि चलनमा छन् । नेपालमा भने यो संसकार हराउँदै गएको छ ।’

उनी यो अध्ययन गर्नुको कारण सुनाउँछिन्, ‘बिवाह गरेपछि पनि महिलाहरु जन्म घरमै बस्थे । उसका श्रीमान समय समयमा त्यहा आइरहन्थे र त्यसका लागी उनलाई अनुमती पनि दिइथ्यो । यस्तो विवाहलाई समाजले मान्यता पनि दिन्थ्यो । दुई–तीन जना नानीहरु भएपछि मात्रै उनी आफ्नो श्रीमानको घर जान्थिन् । यस्तो विवाह चलन जापानमा पनि रहेकाले मलाई अध्ययनका लागि थप इच्छुक बनाएको थियो ।’

उनी सन् २००८ मा पहिलो पटक नेपाल आएकी थिइन् । त्यसपछि सन् २०१४ मा नेपाल आई उनले आफ्नो अध्ययन सुरु गरेकी हुन् । उनले सबैको संस्कार र सस्कृतीलाई सम्मान गर्नुपर्ने बताइन् ।

यस्तै, नेपालकै गुरुङसमुदायबारे अध्ययन गरेका बेलायती प्राध्यापक साइमण्ड स्ट्रिकल्यान्डले प्ये ताँ–ल्हु ताँ गुरुङसमुदाय बुझ्ने आधिकारीक शास्त्र भएको बताए । उनले प्ये ताँ–ल्हु ताँकै बारे अध्ययन गरेका हुन् । उनी भन्छन्, ‘गुरुङसमुदायलाई चिन्न सहज हुने यो शास्त्र मैले भर्चुअल्ली पनि प्रयोग गर्न मिल्ने गरी सुरक्षित गरेर राखेको छ । तपाईहरुलाई उपलब्ध गराउन तयार छुँ ।’

उनले आफ्नो अध्ययन गर्दा सिक्लेसमा एकसय ४० प्ये ताँ–ल्हु ताँ पत्ता लागेको र त्यसअन्तर्गत १३ सय श्लोक रहेको जानकारी दिए । उनले गुरुङसहित आदिवासी जनजातीको धर्म सस्कृतीबारे अझै अध्ययन अनुसन्धान गर्न बाँकी रहेको पनि बताए ।

गुरुङसमुदायको बारेमा अध्ययन गरेका अर्का बेलायती प्राध्यापक एलान माक्फार्लनले गुरुङसमुदायसँगको आफ्नो सम्बन्ध प्रस्ट्याए । उनी ५० वर्षदेखि निरन्तर नेपाल आएर गुरुङसमुदायबारे अध्ययन गरिरहेका छन् । उनले ५० वर्षमा १९ पटक नेपालको भ्रमण गरेका थिए । उनले आफ्नो प्रस्तुतीमा आफूले घुमेको पुरानो गुरुङ गाउँको तस्विर सार्वजनिक गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284