ताजा खबर

विश्व वातावरण दिवसको अवसरमा सिद्ध वनवाटिकामा वृक्षरोपण सम्पन्न

   २३ जेष्ठ २०८२, बिहीबार १९:४६      2,414 views

विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मा.वि., डिभिजन वन कार्यालय कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले वातावरण प्रदूषण गरी जलवायु परिवर्तन गर्नमा औद्योगिक राष्ट्रहरु प्रमुख दोषी भए तापनि त्यसको असर भने अन्य राष्ट्रले पनि भोग्नुपरेको बताए । नेपाल हिमाली देश भएकाले जलवायु परिवर्तनको असर भोग्ने जोखिमयुक्त देश भएकाले यसबाट बच्नका लागि सचेत हुनुपर्ने बताए । त्यस्तै औद्योगिक तथा सम्पन्न देशले जोखिम न्यूनीकरण गर्नका लागि फण्ड जम्मा गरी सो रकम जोखिमयुक्त देशलाई सहयोग गर्नुपर्ने आवश्यक रहेकाले यसको बारेमा राज्यले नै पहल गर्नुपर्ने बताए ।


वन कार्यालयका सचिव जिवनाथ पौडेलले विश्व वातावरण दिवसको यस वर्षको नारा नै “प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व” भएकाले अब संसारलाई जोगाउन रुखबिरुवा रोप्नु, संरक्षण गर्नुका साथसाथै प्लाष्टिक जन्य वस्तुहरुलाई ५ आर अर्थात् रिड्युस, रिफ्युज, रियुज, रिसाइकल र रि थिंक गर्नुपने बताए ।

पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बानियाँले पृथ्वी मानवको घर भएकाले आफ्नो घर बचाउने दायित्व पनि मानवकै भएकाले वरपरको वातावरण आफैले सफा राख्ने, संरक्षण गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शिक्षाको गुणस्तर सुधारका साथसाथै सामाजिक दायित्व पूरा गर्ने हेतुले २०७६ मा विद्यालयकै नाममा पोनपा वडा नं. १५ रातीखहरेमा सिद्ध वनवाटिका वृक्षरोपण स्थल स्थापना गरेको बताए ।


एक व्यक्तिः ३ बिरुवा भन्ने मूल नाराका साथ गरिएको वृक्षरोपण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव निरीक्षक कृष्णबहादुर कार्की, गण्डकी वन विज्ञान अध्ययन संस्थान क्याम्पसका प्रमुख नारायण गौतम, नेपाल रेडक्रस सोसाइटी नेरेसो उपशाखा १५ का सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, प्रहरी र विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न जातका १५० वटा बिरुवाहरु रोपिएको थियो ।

विव्यसका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशका अध्यक्ष गणेशबहादुर कार्कीले स्वागत मन्तव्य र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सञ्चालन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284