
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
पोखरा पस्र्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।

आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।
‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा. पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए ।
विद्यालयका सह–प्राचार्य यदुविलास भुत्र्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए ।
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
पोखरा ५, पस्र्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।
‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा. पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए ।
विद्यालयका सह–प्राचार्य यदुविलास भुत्र्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38