ताजा खबर

शिक्षाबाट प्राप्त ज्ञान नै सबैभन्दा ठूलो आत्मा सन्तुष्टि हो : उप–प्राध्यापक युवराज गुरुङ

   ११ फाल्गुन २०७६, आईतवार २०:०३      1,737 views


रोशनी गुरुङ


गुरुङ समुदायमा जन्मेर उच्च शिक्षा हाँसिल गर्नु र देशमै बसेर केहि गर्नु भनेको हाम्रो समुदायको लागि अहिले अलि पनि नौलो विषय हो ।

युवा अवस्थामा प्रवेश गरेदेखि नै विभिन्न देशमा जाने, पैसा कमाउने, रमाउने सपना र कल्पना दिमागभरि र मनभरि बोकेर हिड्ने युवा जमात अहिले पनि हाम्रो समाजमा कम छैन । तर उप–प्राध्यापक युवराज गुरुङ एक त्यस्ता उदहारणीय व्यक्तित्व हुनुहुन्छ जसले याङजाकोट गाउँमा जन्मे हुर्केर अध्ययन गरी त्यसैको जगमा आफूलाई उच्च शिक्षा प्राप्त गरि एउटा सक्षम र योग्य युवाहरुको जमातमा दर्ज गराउनु भयो ।


कास्की जिल्ला मादी गाउँपालिका वडा नं. ३ याङजाकोट देउराली निवासी बाबा सु.स्व.दुर्गाबहादुर गुरुङ र आमा सीताकुमारी गुरुङकी जेठा छोराको रुपमा वि.सं. २०२९ सालमा जन्मिनु भएका युवराज गुरुङ पोखराको शैक्षिक जगतमा कहलिएको नाम हो ।


वर्षेनी आफनो सुन्दर भविष्यको खोजी गर्न र उच्च शिक्षाको ढोका ढक्ढक्याउन आउने हजारौ विद्यार्थीहरुलाई उहाँले अहिलेसम्म आफनो ज्ञानको ज्योति बाँडिसक्नु भएको छ । २०४५ सालमा सीताराम मा.वि. याङजाकोटबाट एस.एल.सी. परिक्षा उत्र्तिणा गर्नुभएका उहाँले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आई.ए र बि.ए.सम्मको अध्ययन गर्नुभयो भने त्रिभुवन विश्वविद्यालय काठमाडौबाट अङग्रेजी विषयमा एम.ए.सम्मको अध्ययन गर्नुभएको छ ।


याङजाकोट, पोखरा र काठमाडौसम्म पुगेर आफनो शैक्षिक योग्याता पुरा गर्नुभएका गुरुङले आफूले आर्जन गरेको ज्ञान आफनै देशमा बाँडनुभयो । वि.सं. २०५६ सालमा एम.ए.तहको अध्ययन सकिएपछि लगत्तै उहाँले २०५७ सालबाट शिक्षण पेशा अर्थात कलेजमा पढाउन काम सुरु गर्नुभयो ।

त्यसदिनदेखि सुरुभएको उहाँको प्राध्यापन यात्रा आजको मितिसम्म पनि जारी रहेको छ । शिक्षण पेशाको सुरुवाती समयमा पोखराको पृथ्वीनारायण क्याम्पस र अमरसिंह उच्च मा.वि.मा प्राध्यापन गराउनु भएका उहाँ अहिले भने कालिका बहुमखुी क्याम्पस काजीपोखरी पोखरा र सेन्टमेरिज मा.वि. नयाँगाउँमा प्राध्यापन गराउनुहुन्छ ।


अङग्रेजी विषयमा असाध्यै राम्रो दख्खल राख्नुहुने युवराज गुरुङको अहिलेसम्म पोखरा र आसपासमा हजारौको सङख्यमा विद्यार्थीहरु जन्मि सकेका छन् । विद्यालय पढ्दादेखि नै शैक्षिक क्षेत्रमै रुची राख्ने उहाँ अहिले आफनो पेशाप्रति एकदमै सन्तुष्ट देखिनुहुन्छ ।


देशमा भविष्य नदेख्ने, मेहेनत नगर्ने अनि विदेशमा गएर देशलाई गाली गर्ने युवाहरुको लागि उहाँ एक उदहारण हुनुहुन्छ । मेहेनत गरयो भने इच्छाशक्ति भयोभने देशमै पनि सुन फलाउन सकिन्छ भन्ने भनाईलाई युवराज गुरुङ र युवराज गुरुङ जस्तै देशमै आफनो श्रममा रमाई रहेका कयौ युवाहरुले प्रमाणित गरेका छन् ।


विगत लामोसमयदेखि शैक्षिक क्षेत्रमा आफूलाई क्रियाशिल बनाई रहदा उहाँलाई एकदमै रमाईलो र खुसी लाग्छ । तर कहिलेकाहि विद्यार्थीले मेहेनत गरेर पढेन र राम्रो रिजल्ट ल्याएन भने चाँहि उहाँलाई सारै दुःख लाग्छ रे ।


अहिलेको युवा पुस्ताले पढाईमा चासो देखाउदैन यो देख्द मलाई नमज्जा लाग्छ उहाँले भन्नुभयो । त्यसैले युवाहरुलाई उहाँको सुभाव छ (आफैभित्र उत्पेरणा जगाउने काम गर्नुस, पैसा नै सबै भन्दा ठूलो कुरा होइन शिक्षाबाट प्राप्त भएको ज्ञान जिन्दगीमा सबै भन्दा ठूलो आत्मा सन्तुष्टि हो, तपाई जुनसुकै काम गर्नुस तर पढाईको निश्चित तह पुरा गर्न जरुरी छ)


म विद्यार्थीलाई पढाउछु अरुलाई आफनो ज्ञान बाँडछु भनेर अरुलाई भन्दा पाउँदा उहाँलाई असाध्यै खुसी लाग्ने बताउनुहुन्छ ।

अहिलेको तमू युवाहरु पैसा र भौतिक सुख सुविधालाई बढी ध्यानदिन थाले पढाईप्रति उनीहरुको उदासिनता देखिन थाल्यो । सबै भन्दाबढी अरुको देखासिखी गर्न थाल्यो त्यसकारण पनि हाम्रो तमू युवाहरुपछि परेको छ उहाँ भन्नुहुन्छ ।


गुरुङको छोराछोरीले पढनुपर्छ भन्ने वातावरण त्यतिसारै बनि नसकेको त्यो बेलामा एस.एल.सी. परिक्षा उत्र्तिण गर्नुभएका युवराजको घर परिवार भने उहाँलाई शैक्षिक वातावरण दिनका निम्ति सधै तत्पर रहनुभयो । फलस्वरुप घर परिवार र आफन्तको सहयोगमा उहाँले उच्च शिक्षा हाँसिल गर्नुभयो ।


संगत गुणाको फल भने जस्तै आफूसँगै क्याम्पसमा पढने साथी सरोज कोइरला प्राध्यापनमा लागेपछि उहाँले पनि प्राध्यापन क्षेत्र रोज्नुभएको थियो । यसरी साथीको संगतबाट प्रभावित भएर राजेको पेशाले आज उहाँलाई जीवनमा नाम र दाम दुवै दिएको छ ।


२०५८ सालमा कास्कीको घान्द्रुक कोटगाउँ निवासी राधा गरब्जा गुरुङसँग विवाह गर्नुभएका उहाँको परिवारमा अहिले एक छोरी र एक छोरा हुनुहुन्छ ।


मानिसको जीवनलाई शिक्षाको उज्यालो ज्ञानबाट कसरी पूर्ण सन्तुष्टि दिलाउन सकिन्छ र जीवनलाई जीवन हुनुको सार्थकता कसरी दिन सकिन्छ भन्ने कसैलाई लाग्छ भने युवराज गुरुङ जस्तै थुप्रै शिक्षित र असल व्यक्तित्वहरुलाई एकपटक हामीले पढने, बुझने र अध्ययन गर्ने कोशिस गरयो भने छर्लङ बुझन र देख्न सकिन्छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284