ताजा खबर

सहकारी बैंकका सञ्चालक जिसी बहुउद्देश्यीय सहकारी संघ बागलुङद्वारा सम्मानित

   २८ पुष २०७५, शनिबार १२:१५      2,812 views

बागलुङ- राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक रामबहादुर जिसीलाई बहुउद्देश्यीय सहकारी संघ बागलुङले शनिवार सम्मान गरेको छ । बहुउद्देश्यीय सहकारी संघको चौथो वार्षिक साधारणसभाको अवसर पारेर गण्डकी प्रदेशका तर्फबाट सहकारी बैंकको सञ्चालकका निर्विरोध निर्वाचित जिसीलाई सम्मान गरेको हो ।


२०५० सालदेखि सहकारी अभियानमा लागेर सहकारी क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका जिसी गण्डकी प्रदेशको तर्फबाट निर्विरोध निर्वाचित हुनुले उहाँले सहकारीमा गरेको योगदानको सम्मान भएको बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरले बताउनु भयो ।

सहकारी बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद सावित्रा राना र संघका अध्यक्ष कुँवरले बैंंकका सञ्चालक जिसीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि सांसद रानाले समृद्ध नेपाल निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण हुने भएकाले थप सक्रियताका साथ अभियान जुट्न सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको थियो ।


सहकारीले जनताको आयस्तर माथि उठाई समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ छ । कार्यक्रममा सम्मानित व्यक्तित्व राष्ट्रिय सहकारी बैंकका सञ्चालक जिसीले सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणसंगै पर्यटन क्षेत्रमा केन्द्रीत गर्न सुझाव दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284