
स्थानिय ४ जनामा कारोना संक्रमण पुष्टि भएपछि मादी गाउँपालिका वडा नं. २ एक साताको लागि सिल
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ र सोदामा गरि स्थानिय ४ जनामा कोरोना पोजेटिभ देखिपछि एक साताको लागि गाउँपालिकाको वडा नं. २ सिल गर्ने निर्णय गरेको छ ।

मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानिय टोल विकास संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्ष, युवा क्लबका अध्यक्ष, हिमालयन मिलन मा.वि.का प्र.अ., ताङतिङ रीतिथिती समितिका अध्यक्ष, जनप्रतिनिधिहरु तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
सबै प्रतिनिधि सहभागि बैठकले गाउँमा कोरोनाको संक्रमण दरमा बढेमा पुरै गाउँ जोखिमा पर्ने भएकोले र दशैमा धेरै चहलपहल हुने भएकोले सो समयका लागि गाउँ सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष एकजंङ गुरुङले जानकारी दिनुभयो ।
सो अवधीमा गाउँमा अत्यवश्यक सवारी साधन मात्रै सञ्चालन गर्ने, भिडभाड नगर्ने, गुम्बा, क्होईबोमा नियमित पूजापाठ बाहेक अरु गतिविधि नगर्ने, छरछिमेकको घरमा आउजाउ नगर्ने लगायतको निर्णय गरेको तथा कोरोना संक्रमितहरु गाउँपालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने लगायतको निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
हालसम्म मादी २ को सोदामा १४ वर्ष र ३६ वर्षका दुई जना महिला र ताङतिङमा ४० वर्षीय महिला र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25