स्वर्गीय आन्नद आउँछ तिलिचो तालमा पुग्दा
हालै तिलिचो ताल पुगेका खोटाङ हलेसीका ४६ वर्षीय नयन कुमार राई औधी खुसी छन्। यहाँ आएर जुन आनन्दको अनुभूति गर्न पाए त्यसबाट उनी सन्तुष्ट छन्। उनी भन्छन्,‘चार दिनसम्म तिलिचो ताल छेउमा रात बिताउँदा निकै आनन्दित भएँ।’
मानिसले स्वर्ग देखेको छ या छैन अथवा स्वर्गीय आनन्द प्राप्त गरेको हुन्छ वा हुँदैन भन्ने त थाहा छैन तर पनि, यो तालसम्म आइपुग्ने जो सुकैले पनि यस्तै अनुभूति भने पोख्ने नै गरेको बताउँछन् स्थानीय पर्यटनसेवी क्षेत्र गुरुङ।
अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका पर्यटन सहायक गुरुङको अनुभव छ ‘यहाँ आउने स्वदेश या विदेशी पर्यटक यति भावुक र उत्साहित हुन्छन् कि यो तालको सुन्दरताको बयान गर्न उनीहरूसँग शब्द नै हुँदैन।’
खोटाङका राई खासमा तिलिचो ताल हेर्ने र यहीँ ध्यान गर्ने गरी आएका हुन्। उनी रातको समयमा एक्लै पाल टाँगेर बसेका छन् र रातदिन ध्यान गरिरहेका छन्। ताल छेउ बसेर ध्यान गर्दा आफूलाई निकै ऊर्जा मिलेको उनको भनाइ छ। चारदिनसम्म अन्न नै मुखमा नहाली तीन बोतल मिनरल वाटर र आधा किलो काजु, पेस्ता र किसमिस खाएर ध्यान गरिरहेको र दिन प्रतिदिन ऊर्जा मिलेको उनी बताउँछन्।
दाङ जिल्लाबाट गएका हामी केही पर्यटकलाई राईले आफ्नो अनुभव सुनाइरहँदा तालको पूर्वपट्टि कुनामा एक महिलाको ठूलो आवाज आयो। यसो हेर्दा लाग्थ्यो उनी निकै नै भावुक बनिन्। उनी सुरूमा त तालमा पुगेपछि त्यहाँ रहेका नेपाली पर्यटकहरूसँगै खुसीले अङ्कमाल गरिन्, आँसु झारिन् र भनिन्, ‘नेपाल देश र यहाँका नागरिक कति भाग्यमानी रहेछन्!’ यस्तो अद्वितीय प्राकृतिक मनोरम उपहार दिने भगवानलाई पनि उनले धेरै पटक धन्यवाद दिइन्।
उनले यो सुन्दरतालाई बचाइराख्न आमनेपालीलाई आग्रह पनि गरिन्। उनी भन्दै थिइन्,‘यहाँसम्म आउन निकै मेहेनत गर्नुपर्ने रहेछ तर, यहाँ आइपुगेपछि त सबै थकान नै मेटिन्छ।
उनको यो खुसी देखेर तिलिचो ताल अवलोकन गर्न तनहुँबाट पुगेका ४३ वर्षीय तेज पन्तले भने, ‘तिलिचो तालले नेपाललाई विश्वमा चिनाएको छ। यो हाम्रो अद्वितीय सम्पत्ति हो। यसको संरक्षण र सम्बर्द्धनका लागि हामी सबै लाग्नुपर्छ।’
मनाङ जिल्लाको साविकको खाङसार गाविस वडा नं ९ र हाल निस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने सो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटर अग्लो स्थान अवस्थित छ। यसको लम्बाइ ३.९ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । यो ८५ मिटर गहिरो छ। यो विश्वकै सबभन्दा अग्लो स्थानमा पर्ने ताल ४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस ताल वरपर सेतै टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज, जुलु पिक, नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल लगायतका रहेका छन्।
यहाँ असोज-कात्तिक महिनामा नीलो रङ्गको सङ्ग्लो पानी देखापर्छ।
धेरै अग्लो स्थानमा रहेको र हिमालहरू नजिकै रहेकाले चिसो र लेक लाग्ने सम्भावनाका कारण यस ताल अवलोकन गर्नेको लागि कात्तिकदेखि मङ्सिरसम्मको समय बढी उपयुक्त हुन्छ। अर्को समय भने चैतदेखि जेठसम्मको हुने गरेको गुरुङले जानकारी दिए। उनका अनुसार पुस महिनादेखि जेठ १५ गतेसम्म आन्तरिक र बाह्य गरी ८ देखि ९ हजार पर्यटकले तालको अवलोकन गरेका छन्।
अहिले दैनिक तिलिचो तालमा ५० देखि ६० जनासम्म आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्दछन्। ताल अवलोकनमा आउने पर्यटकहरूमध्ये केही सिधै मनाङ फर्कने गर्दछन् भने केही मनाङको थोराङ घाँटी हुदै मुस्ताङ जाने र मुस्ताङबाट पोखरा पुग्ने गरेका छन्।
ताल पुग्नुअघि यतिखेर १५ देखि २० मिनेट हिउँमा पनि यात्रा गर्नुपर्ने हुन्छ। त्यस्तै, ठाउँ ठाउँमा हिमपहिरो खस्ने समेत खतरा बढेको छ। त्यस्तो ठाउँमा सावधानी अपनाएर हिँड्नुपर्ने हुन्छ। उच्च लेक लाग्ने संम्भावना पनि त्यत्तिकै छ। अनि तालमा पुगेपछि सबै कष्टहरू भुल्ने गरेको पर्यटकहरू बताउँछन्। तिलिचो तालमा पर्यटकका लागि कुनै पनि सुविधा छैन। पर्यटकलाई आफैंले पिउने पानी, खाजा लगायतका सामग्री बोक्नुपर्ने बाध्यता छ। यो क्षेत्रमा चिया पसल पनि छैन। उच्च लेक लाग्ने सम्भावनाका कारण त्यहाँ कुनै पसल नभएको स्थानीय बासिन्दा बताउँछन्।
नेपाल आउने पर्यटकहरू ट्रेकिङ एजेन्सीहरूको सहयोगमा तिलिचोसम्म पदमार्ग गर्छन्। धेरैजसो पदमार्ग हुँदै त्यहाँ पुग्ने पर्यटकहरू लमजुङको बेंसीसहरसम्म सवारी साधनमा आउने र त्यहाँ बास बस्ने गर्छन्। दोस्रो दिन बिहानै मनाङका लागि हिँड्दै जान्छन्। केही भने उपल्लो मनाङसम्म जीपमा चढेर जाने अनि मात्र पैदल हिँड्ने गरेका छन्।
उपल्लो मनाङबाट साढे दुई घण्टाको पदैल यात्रापछि खाङसार गाउँ पुग्न सकिन्छ। खाङसार गाउँबाट करिब ५ घण्टाको पैदल यात्रापछि तिलिचो तालको आधार शिविरसम्म पुग्न सकिन्छ। आधार शिविर पुग्नुभन्दा अगाडिको बाटोको पैदल यात्रा निकै चुनौतीपूर्ण रहेको छ। यो बाटो हिँड्दा निकै चनाखो हुनुपर्ने देखिन्छ। छिनछिनमा धुले (सुख्खा) पहिरो खस्ने, कतै हिमपहिरो खस्ने, साँघुरो सडकले यात्रालाई निकै कष्टकर बनाउँछ। तालको आधार शिविरमा पुगेपछि त्यही बास बस्नुपर्छ। भोलिपल्ट बिहानै पदमार्गबाट ४ देखि साढे ४ घण्टाको समयमा तिलिचो ताल पुग्न सकिन्छ।
पश्चिम, दक्षिण र उत्तर दिशामा सेताम्य हिमालले घेरेको तिलिचोमा अहिले पुग्दा मानौं कि ताल हिउँसँगै मुस्कुराइरहेको भान हुन्छ। (सेतोपाटीबाट)
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09