तमु ल्होसार महोत्सव तमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा गर्ने
पोखरा, २१ मङ्सिर। तमु धिं नेपालले आगामी राष्ट्रिय पर्व त मु ल्होसार—त ल्हो (घोडा वर्ग)—को आगमनलाई यस वर्षबाट विशेष महोत्सवका रूपमा मनाउने घोषणा गरेको छ। पहिलोपटक पोखराको पुरानो टुँडिखेलमा तीनदिने भव्य ल्होसार महोत्सव आयोजना हुने संस्थाले जानकारी दिएको हो।
यस वर्ष सप्री ल्हो (सर्प वर्ग) को बिदाइ र त ल्हो (घोडा वर्ग) को स्वागत गरिँदैछ। पुस १५ गते गाउँ–घरमा धुमधामका साथ मनाइने परम्परालाई निरन्तरता दिँदै, तमु समुदायको सांस्कृतिक राजधानी मानिने पोखरामा पुस १४, १५ र १६ गते विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित महोत्सव सञ्चालन गर्न लागिएको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

अध्यक्ष तमुका अनुसार महोत्सवमा गुरुङ समुदायको मौलिक संस्कृति झल्किने विविध सांगीतिक तथा नृत्य प्रस्तुति, परम्परागत पोशाकका झाँकी, खेलकुद प्रतियोगिता र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने आकर्षक कार्यक्रम समावेश गरिएका छन्। महोत्सवले राष्ट्रिय एकता, सांस्कृतिक सद्भाव र स्थानीय व्यवसायलाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवका प्रमुख प्रतिस्पर्धाहरूमा भलिबल, खुल्ला छेलो, झाँकी, गुरुङ भेषभूषा तथा सामूहिक लोकनृत्य प्रतियोगिता रहने छन्। पुरस्कार राशिहरू यसप्रकार छन्—
- झाँकी प्रतियोगिता प्रथम: रु. ६०,०००
- भेषभूषा प्रतियोगिता प्रथम: रु. ५,०००
- लोकनृत्य प्रतियोगिता प्रथम: रु. ७५,000
- छेलो प्रतियोगिता प्रथम: रु. ४०,०००
- भलिबल प्रतियोगिता:
- प्रथम टीम: रु. १,५०,०००
- द्वितीय: रु. ८०,०००
- तृतीय (दुई टोली): जनही रु. २५,०००
महोत्सवको उद्घाटन पुस १४ गते बिहान ११:३० बजे नदीपुर प्रहरी चौकीअगाडिबाट र्यालीसहित हुने बताइएको छ। कार्यक्रम व्यवस्थापनका लागि अध्यक्ष हुम बहादुर तमुको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक समिति तथा २६ उपसमिति गठन गरिएको छ। महोत्सव आयोजनामा ३७ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ४१ लाख ५० हजार रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ।
करीब ३० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलनमा भलिबल संयोजक अमृत गुरुङले खेलकुद सम्बन्धी विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रम महासचिव जुनाकुमारी गुरुङले सञ्चालन गरेकी थिइन्।
आजको खबर
मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।…
अझै पढ्नुहोस्Follow Us
पुर्ख्यौली मौलिक लोकभाका संरक्षणमा दिलु
१७ माघ २०८२, शुक्रबार ०९:५६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38