मगर संसार डान्स आइडल सिजन २ को बिजेता बनिन् गुल्मीकी हिरा थापामगर
माघे संक्रान्तिको पावन अवसरमा आयोजित मगर संसारको नियमित ६३ औँ अनलाइन प्रतियोगिता–२०८२, मगर संसार डान्स आइडल – सिजन २ सम्पन्न भएको छ । जसको उपाधि गुल्मी जिल्ला कालीगण्डकी २ अर्बेनी, हाल बुटवल निवासी हिरा थापा मगरले जित्न सफल भएकी छिन् ।
डान्स आइडलमा देश–विदेशबाट सहभागिता जनाएका थियो । Online audition मा ७४ जना छनोटमा परेको र ७३ जना प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै हिरा थापा मगर आइडल बनेकी हुन् ।
विभिन्न चार चरण पार गरी जजको मूल्यांकनबाट टप टेन फाइनलिस्टमा आफ्नो नाम सुरक्षित गरेकी हिराले फाइनल राउण्डमा निकै प्रतिस्पर्धाको साथमा जनता बाट १,४९,३६६ पोस्ट रिच मतका साथ आइडल बनेकी हिराले पुरस्कार रासी नेपाली रू. २५ हजार नगद, ट्रफी र सम्मान पत्र प्राप्त गर्ने छिन् ।

यसै गरी आइडलको उपविजेता भने गोरखा हाल भरतपुर चितवन निवासी स्टेसी आले मगरले जिलेकी छिन् । स्टेसीले १,४०,६१४ पोस्ट रिच मत प्राप्त गरेकी थिइन् । अब उपविजेता बनेकी स्टेसीले रू. १०,००० र सम्मान पत्र पाउने छिन् ।
तेस्रो बिजेता भने स्याङजा जिल्ला वालिङ निवासी समीक्षा सारू मगर भएकी छिन् । समीक्षाले १७,१०६ पोस्ट रिच मतका साथ रू. ५,००० र सम्मान पत्र पाउने छिन् ।
यसैगरी अन्य बाकी फाइनलमा पुगेका ७ जनाले भने रू. २/२ हजार र सम्मान पत्र प्राप्त गर्नेछन् । जसमा चितवन निवासी एसिका राना मगर (Top4), बुटवल निवासी दीपा राना मगर (Top5), ओखलढुंगा निवासी सलिना मगर (Top6) रूपन्देही देवदह निवासी रमेश बुढा मगर (Top7), तिलोत्तमा निवासी मनीष थापा मगर (Top8), बुटवल निवासी जोयना थापा मगर (top9) र बुटवल बेलबास निवासी सरोज सिंजाली मगर (Top10) र बाकी Top 11 देखी Top 20 सम्म छनोटमा परेकाले भने सम्मान पत्र पाउने छन् ।
मगर संसार डान्स आइडलको अडिसन २०८२ मंसिर २० गते शनिबारदेखि सुरु भएको थियो, जसमा सहभागीहरू मध्ये ७४ जना प्रतियोगी अडिसनमा छनोट भएका थिए । आइडल, ४ चरण भने निर्णायकको मूल्यांकनको आधारमा र अन्तिम फाइनल चरण भने दर्शक जनताको मतको आधारमा गरिएको थियो ।
Top10 फाइनलिस्टसम्म छनोट गर्ने जिम्मा भने आइडल जजहरू डान्सर सुरज सिंजाली मगर र डान्सर आरुषी मगरलाई जिम्मा दिएको थियो ।
आइडलको फाइनल भने २०८२ पुस २० गते सुरु गरी पुस २५ गते सम्पन्न गरी आइडल घोषणा गरिएको थियो । जजको उद्देश्य मगर समुदायमा लुकेर रहेको नयाँ प्रतिभालाई बाहिर ल्याउने र अवसरको बाटो खुलाउने एउटा लक्ष्यका साथ आइडल आयोजना गरेको आइडल संयोजक तथा अध्यक्ष अनिल लामिछाने थापा मगरले बताउनुभयो ।
मगर भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले निरन्तर रूपमा मगर संसारले विभिन्न अन्लाइन प्रतियोगीताहरु आयोजना गरिरहेको समेत अध्यक्षले जानकारी गराउनुभयो ।
आजको खबर
मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।…
अझै पढ्नुहोस्Follow Us
पुर्ख्यौली मौलिक लोकभाका संरक्षणमा दिलु
१७ माघ २०८२, शुक्रबार ०९:५६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38