ताजा खबर

राजु जोडी १६ औं माछापुच्छ्रे भेट्रान्स टेनिसको सेमिफाइनलमा

   7:54 pm Thursday, December 27, 2018     

पोखरेली भेट्रान्स राजु गुरुङ्ग र राजु श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राजु जोडीले बिहिबार टिम मण्डिकाटारका बलिया प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीमाथि ७–५, ५–७ र सुपरटाईमा १०–६ को कठिन नजिता निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

SONY DSC

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबारनै भएको सोही उमेर समुहका अन्य खेलहरुमा जबमु शेर्पा र नरेन्द्र सिंहको जोडीले छ्याम्बा ढुन्डुप र ड्युनम लामाको जोडीलाई ६–१, ६–३ ले पराजित गरे ।५५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले करिमुल्ला मुस्लिमलाई ६–०, ६–२ ले, अनिल तुलाचनले नरेन्द्र सिंहलाई ६–३, ६–० ले, राजकुमार गुरुङ्गले छ्याम्बा ढुण्डुपलाई ६–३, ६–२ ले तथा समिर शेरचनले विष्णु प्रसाद गैहे्रलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।३५ वर्ष माथिको एकलमा छेवाङ लामाले गोपीबहादुर भट्टराईलाई ६–०, ६–१ ले, महेश श्रेष्ठले निरज थापालाई ६–४, ६–० ले, राजु श्रेष्ठले नविन श्रेष्ठलाई ६–०, ६–२ ले पराजित गरेका छन् ।३५ वर्ष माथिकै डबल्समा कमल भण्डारी र सिमान्त गुरुङ्गको जोडीले राजु श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–०, ६–३ ले, महेश श्रेष्ठ र राजु क्षेत्रीको जोडीले गोपीबहाबदु भट्टराई र शरण गुरुङ्गको जोडीलाई ६–२,७–५ ले पराजित गरे । ६५ वर्ष माथिको एकलमा मेजर लक्ष्मीप्रसाद गुरुङ्गले क्षेतन नोर्केलमाथि २–४, ४–२ र सुपरटाईमा १२–१० को संघर्षपूर्ण जित निकाले । प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेलहरु हुने प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284