पोखरा म्याराथनको भब्य तयारी “गत सस्करण भन्दा यसपटक बढी उत्साहित छौ” अध्यक्ष गुरुङ
यही फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई सफल पार्न तयारी तीव्र पारिएको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताएका छन् ।

विहिबार नेपाल पत्रकार महासंघ कास्कीका पत्रकारहरु संगको छलफलमा अध्यक्ष गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी गराउँदै भने– “१२ औ संस्करण भन्दा १३ औं संस्करणमा आफुहरु बढी उत्साहित भएका छौं ।”

प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हाल सम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए ।
प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।
प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको राम्रो प्रवन्ध मिलाएको अध्यक्ष गुरुङको भनाई थियो । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए ।

छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेल, प्रचार प्रसार समितिका संयोजक केशव पाठक लगायतले प्रतियोगितालाई सफलपार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए ।
सो अबसरमा पोखरा म्याराथनलाई सफल बनाउन संचारकर्मीहरुले सुझाबहरु समेत दिएका थिए ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38