मातृभाषा दिवसका अवसरमा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विश्व मातृभाषा दिवसका अवसरमा आज पोखरामा माृतभाषामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विभेदमा पारिएका जातिहरुको आवाज बुलन्द गर्न र उनीहरुको हक अधिकारको लागि लडन त्यो जातिको मानिसले मात्रै संभन नहुने भन्दै राज्य र सरोकारवाला निकायको पहल र सहयोग जरुरी रहेको बताउनुभयो ।
संविधानमा कतिपय आदिवासीको मुद्दा सम्बोधन हुन नसकेको भन्दै असन्तुष्टिहरुलाई आउनेदिनमा क्रमश संविधान संशोधन मार्फत सच्याउदै जाने बताउनुभयो ।
कार्यक्रममा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापामगरले नेपालका आदिवासीहरुको अहिलेको भाषिक साँस्कृतिक र जनसंख्याका अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने मानवशास्त्री पोलबहादुर गुरुङले आदिवसीहरुको प्रचीन इतिहासका बारेमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नविन दुरा, रुद्रबहादुर हितान मगर, खिमा गुरुङ लगायतका कविहरुले आ आफनो भाषामा कविता वाचन गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सचिव ज्ञानु भुजेलले गर्नुभएको थियो भने नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38