धनुबास कालिका मा.वि.का विद्यार्थीहरुलाई लागुऔषध र लैङ्गिक हिसां बारे प्रशिक्षण ।
मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
कास्कीको मादी गाउँपालिका वडा नं ७ स्थित धनुबास कालिका मा.बिका बिद्यार्थीहरुलाई सामुदायिक सेवा केन्द्र कालिकाको आयोजना र सामुदायिक प्रहरी सेवा कालिका तथा हाम्रो परियोजनाको प्राबिधिक सहयोगमा लैङ्गिक हिसां तथा लागू औषध दुर्बेशन बारे प्रशीक्षण सम्पन्न भएको छ ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सामुदायिक प्रहरी केन्द्र कास्कीका ईन्चार्ज सई भरत पौडेलले लैङ्गिक हिंसा, लैङ्गिक हिसांका प्रकार, न्युनिकरणका उपाय, आदि बारे प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै गरि हाम्रो परियोजनाका अमृत भट्टराईले लागू औषध के हो ? लागूऔषध दुर्बेसनले पार्ने असरहरु, नेपालको यसबारे कानुनहरु आदि बारे प्रशीक्षण दिएका दिनुभएको थियो ।

सामुदायिक सेवा केन्द्र कालिकाको अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले नेपाल सरकारले शान्ती सुरक्षा कायम गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताउँदै बिद्यालय समाजको एक महत्वपुर्ण पक्ष रहेको र विद्यार्थी अबस्थाबाटै सम्पुर्ण व्यक्तिहरु सचेत र सजक भई असल नागरिक बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा धनुबास कालिका मा .बिका प्रधानाध्यापक गोपाल सापकोटा, छाचोक प्रहरी चौकीका असई डिलबहादुर भण्डारी, सामुदायिक सेवा केन्द्र कालिकाका कोषाध्यक्ष लिला कुईकेल, सामुदायिक प्रहरी सेबा कालिकाका ईन्चार्ज श्रीराम रानाभाट लगायतको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन सामुदायिक सेवा ईन्द्र कालिकाको सचिव राधाकृष्ण तिवारीले गर्नु भएको थियो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38