ताजा खबर

मादी ७ खतेडाँडामा लायन्स क्लब लामाचौरद्धार खानेपानीको टयाङकी निर्माण

   9:24 am Wednesday, March 27, 2019     

मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा

कास्कीको मादी ७ मा लायन्स क्लब अफ लामाचौर १६ ले करिब ३ लाख ७५ हजारको लागतमा २० हजार घन लिटर क्षमताको खानेपानी टयाङकी निर्माण गरि एक समारोहका बिच उद्घघाटन सम्पन्न गरेको छ ।

मादी ७ खतेडाँडामा लायन्स क्लब लामाचौरका अध्यक्ष सन्जय लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब अन्तरास्ट्रीय डिस्ट्रीक ३२५ बि नेपालका डिस्ट्रीक गर्भनर लायन आसोककुमार श्रेष्ठले नब निर्मित खानेपानी टयाङकीको रिबन काटेर उद्घाटन गर्नुभयो । सो अबसरमा उहाँले लायन्स क्लब लामाचौर सामाजिक सेवामा अग्रसर रहेको बताउँदै लयान्स क्लब गरिब र पिछडिएको क्षेत्रमा जनताको समस्या पहिचान गरि अगाडी बड्नु पर्ने उदहारण यस लायन्स क्लब लामाचौरबाट सिक्नसक्ने बताउँदै लायन्स क्लब सधै समाजसेबामा कटिबद्ध भई लाग्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि लायन्स क्लब ३२५ बि का डिपार्टमेन्ट चीफ लायन तिर्थराज श्रेष्ठले टंकी निर्माण भएकोमा खुशी ब्यक्त गर्दै अब एक घर एक धाराको लागि पनि आफ्नो साथ रहने बताउनुभयो ।


मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले गाउँपालिकाको एक घर एक धारा अभियानमा लायन्स क्लब लामाचौरको साथ मिलेकोमा खुशी व्यक्त गर्नुभयो । स्थानिय समाजसेबी लायन शेरबहादुर गुरुङले यस क्षेत्रमा खानेपानीको समस्या भएकोले आफुले पहल गरेको काम सफल बनाएकोमा सबैलाई धन्यबाद दिनुभयो । लायन्स क्लब लामाचौरका अध्यक्ष सञ्जय लामाले फेरी यस्तै कार्यक्रमहरु ल्याउने वताउनुभयो ।

सो अबसरमा वडा कार्यलय र प्रगतिशिल समाज खतेडाँडा र युवा क्लबले लायन्स क्लब लामाचौरलाई सम्मान गरेको थियो । सञ्जय लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन शितल चौतारी युवा क्लबका अध्यक्ष सन्तोष तामाङले गर्नुभएको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284