फेदीखोला गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालन, युवाहरु धमाधम व्यवसायी बन्दै
स्याङ्जाको फेदिखोला गाउँपालिका र नेपाल सरकारको सर्सत सहयोगमा गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।

गाउँपालिकामा रहेका युवा जनशक्तिलाई परिचालित गरि उनीहरुलाई उद्यमशिल बनाउने र उनीहरुकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्य बमोजिम गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
‘गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस साथै उद्यमशिलताको भरपुर उपयोग होस भन्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ संचालनमा ल्याएका हौं ।’ कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले युवा उद्यम कार्यक्रमबाट ३ वटा समुहका ३० जना व्यवसायी बनिसकेको र उक्त ३० जनाको उद्यमशिलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम अन्तर्गत वडा नं. १, २ र ४ का ३ वटा समुह जनजागृत युवा कृषि समुह, प्रगतिशिल युवा समुह, महाउद्यमी युवा समुहलाई उद्यम सञ्चालनार्थ ५ बर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ । कार्यक्रमका लागि आवेदन परेका १२ समुह मध्य छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशिलले कुखुरा पालन र महाउद्यमीले बेकरी उद्योग चलाउनेछन् । प्रत्येक समुहमा १६ देखि ४० बर्ष्भित्रका १० जना सदस्यको सहभागिता रहेको छ ।
समुहलाई पहिलो किस्ता मार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमन पछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ । समुहले प्राप्त रकम एक बर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने र दोस्रो बर्ष दश प्रतिशत, तेस्रो बर्ष बीस प्रतिशत, चौथो बर्ष तीस प्रतिशत र पाँचौ बर्ष चालिस प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ ।

साथै गुणस्तर एवं परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालो सुचिमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने जनाइएको छ ।
कार्यक्रममा बोल्दै महाउद्यमी युवा समुहका अध्यक्ष डिल बहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाको अभिभावकत्वलाई भरपुर उपयोग गर्दै रोजगार सिर्जना र उद्यमशिलतामा आफ्नो समुह कटिबद्ध भएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडा नं.१ का अध्यक्ष खिम बहादुर क्षत्रीले, वडा नं. २ का अध्यक्ष हिमालयजंग बाँनिया, रोजगार संयोजक रुपक बरालको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38