अब राजनीतिक आन्दोलन सकियो ः सामाजिक विकासमन्त्री नरदेवी पुन
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका माननीयमन्त्री नरदेवी पुन मगरले नेपालमा राजनीतिक आन्दोलन सिद्धिएको उल्लेख गर्दै अब गरिवी, निरोगी र राष्ट्रप्रेमीका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले उक्त विचार पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय तथा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको प्रमुख आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित “संघीय युगमा नेपालको स्वास्थ्य प्रणाली पुनरुत्थान गर्न राष्टिय सम्मेलनः दिगो आर्थिक विकास हासिल गर्न मार्ग” नामक २ दिने राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै व्यक्त गर्नुभएको हो ।
नागरिकको जीवन रक्षाका लागि एकिकृत स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुन मगरले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्यकर्मीबीच मात्र सीमित नराखी जनताका घरदैलोसम्म पुराउनुपर्छ भन्नुभयो । मन्त्री पुन मगरले कुपोषण हुन नदिन र बच्न के गर्नुपर्छ, आइरन चक्की प्राप्तिका लागि कस्ता खानेकुरा सेवन गर्नुपर्छ, मातृशिशु मृत्यूदर कसरी नियन्त्रण गर्ने, हार्ट एटेकबाट कसरी बच्ने तथा नसर्ने रोग नियन्त्रण गर्न के विधि अपनाउनुपर्छ आदि यावत कुरामा नागरिकलाई सचेत बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जबसम्म जनतामा ज्ञान हुँदैन, स्वास्थ्य क्षेत्र उँभो लाग्दैन भन्दै मन्त्री पुनले बौद्धिक क्षेत्रलाई दक्ष, स्वस्थ्य, नैतिकवान र निरोगी नागरिक बनाउन मसिनो ढंगले तथ्यांकमा आधारित बहस, छलफल र अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
उहाँले असल अनुसन्धानकर्ताबाट आएको सही निष्कर्षले गण्डकी प्रदेशको स्वास्थ्यसम्बन्धी नीति निर्माण र बजेट विनियोजनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन डा. खेमराज जोशीले दिगो आर्थिक विकासका न्यूनतम लक्ष्य हासिल गर्न स्वस्थ्य तथा समृद्ध जीवनको परिकल्पना अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।
सम्मेलन व्यवस्थापन समितिका सचिव सहप्राध्यापक डा. दिपेन्द्रकुमार यादवले सम्मेलनको महत्व र उपलब्धीका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसै गरी ईन्स्टिच्यूट अफ मेडिसिनका पूर्व सहायक डीन प्रा.डा. शरद राज अन्टाले स्वास्थ्यमा दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सरकार, नागरिक समाज, संघ संगठनको प्रतिबद्धता र शैक्षिक एक्यवद्धताको खाँचोमा जोड दिनुभयो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38