स्व.लोकबहादुर गुरुङको स्मृतिमा उहाँका दर्जन भन्दा बढी गीत पोखरामा गुञ्जियो
वरिष्ठ संस्कृतिकर्मी स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवसका अवसरमा पोखरामा गुरुङ कलाकारहरुले उहाँका दर्जन भन्दा बढी गीत गाएका छन ।

अभियान फिल्म प्रा.लि. मार्फत विशुद्ध गुरुङ भाषा र संस्कृतिमा आधारित ७ वटा चलचित्र निर्माण गर्नुभएका गुरुङले ती चलचित्र मार्फत दर्जनौ तमू भाषाको गीतहरुले लेख्नुका साथै त्यसलाई संगीत समेत गर्नुभएको छ ।
हिजो पोखरामा कलाकारहरु धनबहादुर गुरुङ, मनोज गुरुङ, तेजेन्द्र गुरुङ, राजबहादुर गुरुङ, सरुन, प्रिया गुरुङ, देवी गुरुङ, उषा गुरुङ, एलिना गुरुङ, कुशुम गुरुङ लगायतका कलाकारहरुले स्व.लोकबहादुर गुरुङले रचना गर्नुभएको गीतहरु भञ्ज्याङ काटेर नजाउ दिलै तोडेर नजाउ, देउरालीर प्रोनो ङलाई चौतारीर प्रोनो, खना बोलै भोदो ङलाई तारे, गंगारबै क्यु भन्दा चोखो, रिमै थुमै प्रेतना रोधी री, अह्यादो ठागु, तोतो प्रिमो कर्मरी, ङै नासा री, च्हौ छयाँबा बुटे क्रमु कुबा लगायतका चर्चित गीतहरु लाईभ म्युजिकमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी स्व.लोकबहादुर गुरुङका शुभचिन्तक आफन्त तथा सहकर्मीहरुले उक्त मार्फत पुनःस्व.लोकबहादुर गुरुङलाई सम्झेका थिए ।

उक्त साँङ्गेतिक कार्यक्रमको संयोजन हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ र गायक तथा संगीतकार मनोज गुरुङले गर्नुभएको थियो । भने साँङ्गेतिक कार्यक्रमको सञ्चालन भने गायक तथा संगीतकार मनोज गुरुङले सञ्चालन गर्नुभएको थियो । तस्विर महेन्द्र तमू
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38