पोखरामा सडक दुर्घटना उद्धार सम्बन्धी संयुक्त नमूना अभ्यास सम्पन्न
“अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी विपद व्यवास्थापन कार्यक्रम अन्तर्गत सडक दुर्घटना उद्धार नमूना अभ्यास सम्पन्न भएको छ ।

ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना भएको हो ।
उक्त संयूक्त नमूना अभ्यासमा नेपाल प्रहरी लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटी समेतले भाग लिई दुर्घटनाका समयमा आ(आफूले निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शाररीक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो ।
साथै गण्डकी प्रदेश नेपाल प्रहरीको उद्दार समूहलाई आवश्यक पर्ने उपकरणहरको व्यवस्था गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै प्रहरी कर्मचारीहरुको मनोबल वृद्धि गराउन आवस्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने कुरा समेत बताउनुभयो ।
साथै उक्त सम्ताहव्यापी कार्यक्रम अन्तर्गत गत असोज २५ गते गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना प्रदर्शन, नेपाली सेना पश्चिम पृतना पोखराको टोलीले पोखराको नयाँबजार स्थित अग्नी नियन्त्रण नमूना अभ्यास प्रदर्शन साथै शसस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराले ताल तलैयामा डुवेका व्यक्तिको खोजी तथा उद्धार नमूना प्रदर्शन समेत गरेको थियो ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38