ताजा खबर

म तिम्रो आँखामा देशको भविष्य देख्छु (कविता)

   9:08 am Monday, April 13, 2020     

रोशनी गुरुङ

म तिम्रो आँखामा देशको भविष्य देख्छु
तिमीले चाल्ने हरेक पाइलामा
मेरो देशको गति देख्छु

यहाँ
उराठ लाग्दो यामहरु धेरै फेरिए
कहाली लाग्दो प्रहारहरु धेरै भोगिए
आउने जाने शिशिर वसन्तको
कुनै गणना भएन

मेरो देशलाई
कहिले भुकम्पले परिक्षा लियो
कहिले नाकाबन्दीले सजाय दियो

मेरी आमाको आँसुको भेलले
तराई पटकपटक ढुवानमा परयो

‘बा’ का खुईलिएको टोपी जसरी
पहाडहरुमा धेरै पटक
धुजा धुजा पहिरो गयो

यो विपतीले मेरो देशमा
यहाँका छोराछोरीलाई
पटकपटक परिक्षा लियो

यसपालि परिक्षाको
तह बढुवा भयो
परिक्षाको समय लम्बियो
परिक्षाको विषय : कोरोना
रोल नं : १९

सधैं भरि पास हुँदै आएको
परिक्षामा यसपटक पनि
मेरो देश आवश्य उत्र्तिण हुनेछ

अनि
यो परिक्षा सम्पन्न गर्न
म त तिम्रो काँधमा गहन जिम्मेवारी देख्छु
तिम्रो मुहारमा अटल शक्ति देख्छु
तिम्रो मुस्कानमा माया नै माया देख्छु

त्यसैले
यो देशले तिमीमा भरोसा गरेको छ
मैले तिमीमा आशा गरेकी छु


मेरो विश्वास छ
तिमीले देशको भरोसा
अनि
मेरो आशालाई तोड्ने छैनौ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284