निरन्तर जनताको सेवामा मादी २ का वडा अध्यक्ष, गोठमै पुगेर वृद्धाहरुलाई सामाजिक सुरक्ष भत्ता वितरण
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङका वडा अध्यक्ष एकजंग गुरुङले आफनो वडाको भैंसी गोठमा बस्ने वृद्धवृद्धाहरुलाई गोठमै पुगेर सामाजिक सुरक्ष भत्ता (वृद्ध भत्ता) वितरण गर्नुभएको छ ।

ताङतिङ गाउँबाट एकदिनको पैदाल दुरीमा पर्ने खुईदो खर्कमा पुगेर उहाँले तीन जना वृद्धहरु क्रमशः ८२ वर्षका डमरसिंह गुरुङ, ८० वर्षका देवी गुरुङ र ७५ वर्षका भद्रसिं गुरुङलाई सामाजिक सुरक्ष भत्ता प्रदान गर्नुभएको हो ।
प्रायः गोठालेहरु जेठ महिनादेखि हिउँसम्म लेकमै बस्ने भएकोले उनीहरुलाई जनप्रतिनिधिको हैसियतले जनही १२ हजार रुपैंया गोठमै पुगेर प्रदान गरिएको मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो ।

सोही क्रममा उहाँले आफनो जीवन नै गोठमा बिताउनु भएका मादी २ का ६५ वर्षिय आसबहादुर गुरुङ (अलि कुदु दाइ) लाई पनि उहाँको गोठ भएको स्थान चोम्रो लेकको खर्कमा पुगेर वडा कार्यालयको तर्फबाट राहत वितरण गर्नुभएको छ ।

यसैबीच वडा अध्यक्ष गुरुङले मादी लेकको ३३२० मिटरको उचाइमा रहेको चोम्रो धर्मशालामा निर्माण भई रहेको खानेपानी आयोजना र ३०८५ मिटरको उचाईमा रहेको क्रपु डाँडा सोलार लिफटिङ खानेपानी आयोजनाको समेत अनुगमन गर्नुभएको छ ।
तत्कालिन नामार्जुङ गा.वि.स. वडा नं. ४ को वडा अध्यक्ष भएर काम गरि सक्नुभएका वर्तमान वडा अध्यक्ष एकजंग गुरुङ लामो सयमसम्म प्रवासी भूमि युएईमा बसेर तमू प्ये ल्हु संघ युएइ शाखामा सक्रिया हुनुभयो । त्यसपछि नेपाल फर्केर गत स्थानिय निर्वाचनमा पुनः अत्याधिक जनमतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएका गुरुङकै नेतृत्वमा ताङतिङ गाउँमा करिब ५० लाखको लागतमा क्होइबो धि समेत निर्माण भएको छ ।

मादी गाउँपालिकाको सक्रिय वडा अध्यक्षमा आफूलाई दर्ज गराउन सफल गुरुङ वडा अध्यक्ष निर्वाचित भएपछि ज्याउदुको मादी नदीमा मोटरेबल पुल निर्माण, घ्याम्राङ गाउँको स्थानिय खोलामा पुल निर्माण, क्रपु डाँडामा सोलर लिफटिङ खानेपानी आयोजना लगायत दर्जानौ विकास निर्माणका आयोजनाहरु सम्पन्न गर्नका निम्ती अहोरत्र खटदै आउनुभएको छ ।


आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38