ताजा खबर

स्थानिय ४ जनामा कारोना संक्रमण पुष्टि भएपछि मादी गाउँपालिका वडा नं. २ एक साताको लागि सिल

   11:54 am Tuesday, October 20, 2020     

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ र सोदामा गरि स्थानिय ४ जनामा कोरोना पोजेटिभ देखिपछि एक साताको लागि गाउँपालिकाको वडा नं. २ सिल गर्ने निर्णय गरेको छ ।

मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानिय टोल विकास संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्ष, युवा क्लबका अध्यक्ष, हिमालयन मिलन मा.वि.का प्र.अ., ताङतिङ रीतिथिती समितिका अध्यक्ष, जनप्रतिनिधिहरु तथा स्थानियहरुको सहभागिता रहेको थियो ।


सबै प्रतिनिधि सहभागि बैठकले गाउँमा कोरोनाको संक्रमण दरमा बढेमा पुरै गाउँ जोखिमा पर्ने भएकोले र दशैमा धेरै चहलपहल हुने भएकोले सो समयका लागि गाउँ सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष एकजंङ गुरुङले जानकारी दिनुभयो ।


सो अवधीमा गाउँमा अत्यवश्यक सवारी साधन मात्रै सञ्चालन गर्ने, भिडभाड नगर्ने, गुम्बा, क्होईबोमा नियमित पूजापाठ बाहेक अरु गतिविधि नगर्ने, छरछिमेकको घरमा आउजाउ नगर्ने लगायतको निर्णय गरेको तथा कोरोना संक्रमितहरु गाउँपालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने लगायतको निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

हालसम्म मादी २ को सोदामा १४ वर्ष र ३६ वर्षका दुई जना महिला र ताङतिङमा ४० वर्षीय महिला र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284