‘लैङ्गिकताको सवालमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखरा
हरेक वर्ष मार्च ८ मा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराको साथ यो दिवस मनाइदै छ ।

यसैबीच नेपाल पत्रकार महासंघ कास्की, संचारिका समूह कास्की, इन्सेक कास्की, महिला मानवअधिकार रक्षक सन्जाल कास्कीको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैङ्गिकताको सवालमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहजिकरण गर्दै प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले हिंसा पीडित महिलाको अत्मसम्मानमा ठेस पुर्याउने र उनीहरुको मनोवललाई कमजोर तुल्याउने किसिमले समाचार सम्प्रेसण गर्न नहुने बताउनुभयो । औपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले महिलाहरुले आफ्नो र परिवारको इज्जतको लागि धेरै घटनाहरु लुकाउने गरेकाले बाहिर देखिएका भन्दा भित्र लुकाइएका हिंसाका घटनाहरु धेरै भएको बताउनुभयो ।

त्यसैले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायलाई सजग गराउने र यससम्बन्धी बनेका आचार संहिताहरुलाई व्यवाहारिक रुपमा कार्यन्वयन गर्न गराउनमा मिडियाले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्तरिक्रयामा सहभागिहरुले महिला अधिकारका लागि स्थापना भएका संघसंस्थाहरुले पछिल्लो समयमा प्रभावकारी कार्यक्रमहरु गर्न नसकेको र लक्षित समुदायमा पुग्न नसकेको गुनासो राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समूह कास्कीका सचिव कविता घर्ती मगरले गरेकी थिइन् ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38