प्रतिष्ठानद्दारा गोर्खा र लमजुङमा छात्रवृत्ति वितरण
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययनरत तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००।– को दरले छात्रवृत्ति रकम वितरण गरेको छ । कक्षा ९ देखि १२ सम्मका छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले निरन्तर चार वर्षसम्म यो रकम प्राप्त गर्नेछन् ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर तमु, विद्यार्थी एलिना तमु, कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले आफ्ना भनाइ राख्नुभएको थियो भने संस्थाका सदस्य लोकबहादुर तमुले शैक्षिक चेतनामूलक मन्तव्य दिनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा सात जनाको समूह गोर्खा पुगी आयोजना गरिएको तेस्रो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष तमुले गर्नुभएको थियो र कार्यक्रम सन्चालन सचिव कन्चन तमुले गरेको थियो ।
यसअघि संस्थाका अध्यक्ष तमुकै नेतृत्वमा संस्थाबाट चार जनाको समूह गत जेठ ३१ गते, शनिबार लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित गुरुङ सङ्ग्राहलयमा गई पोखरामा उपस्थित हुन कठिनाइ भएका यस जिल्लाका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुको समन्वय र सहयोगमा सम्पन्न उक्त कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिनबहादुर तमु लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम संयोजक श्रीजङ तमुले सन्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38