ताजा खबर

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर

   9:02 pm Sunday, September 6, 2026     

नेपाल मगर भुतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीको अध्यक्षमा सु. दलबहादुर थापा मगर चयन हुनुभएको छ । संघको छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले थापा मगरलाई पुन दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा सु. मोहन राना मगर, सचिवमा ह. होम बहादुर राना मगर, सह–सचिवमा क्या. तारा बहादुर राना मगर, कोषाध्यक्षमा मिना थापा मगर, सहकोषाध्यक्षमा क्या. मोहनीलाल थापा मगरलाई निर्वाचित भएका छन् ।


यसैगरी सदस्यहरुमा सविना थापा मगर, ह. लक्ष्मण पुन मगर, क्या. दाम प्रसाद थापा मगर, ह. कर्ण बहादुर राना मगर, ह.क्या. प्रसाद थापा मगर, सु.मे. दुर्गा बहादुर थापा मगर, ह.सु. जम बहादुर पुन मगर, सु. बम बहादुर पुन मगर, ह.सु. सोम बहादुर थापा मगर, सु.मे.ह.क्या. रेक बहादुर थापा मगर रहेका छन् ।


कार्यक्रमको पहिलो सत्रमा सभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा मगरले समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकहरुले दिएको योगदान अतुलनीय रहेको बताए । “भोलिका दिनमा पनि नेपाली जनता र राष्ट्रमा अप्ठ्यारो अवस्था आइपरेको खण्डमा सिंगो नेपाली जनताको रक्षाको लागि काँधमा जिम्मेवारी लिन यहाँहरु सक्षम हुनुहुन्छ । देश र जनताको हितको लागि जुन इमान्दारिता देखाउनुभयो, त्यसरी नै संस्थाको गरिमा र प्रतिष्ठा कायम राख्नको लागि महत्वपूर्ण भूमिका खेल्नुहुनेछ” उनले भने ।


कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष संगीता थापा मगर, नेपाल मगर भूतपूर्व प्रहरी तथा सैनिक संघ गण्डकी प्रदेशका अध्यक्ष डोल बहादुर थापा मगर, कास्कीका संस्थापक अध्यक्ष चन्द्रप्रकाश थापा मगर, सल्लाहकार चन्द्रबहादुर मसराङ्गी मगर, नेपाल मगर संघ महानगर समितिका अध्यक्ष ओम श्रीस मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा चलचत्रि दिलसराका नायिका श्रृष्टी राना मगर र निर्माता मिना थापा मगरलाई दोसल्ला र कलाकार ओम श्रीस मगर र ओम विरकट्टा मगरलाई खादामालाले सम्मान गरेका थियो । यसैगरी आर्थिक अवस्था कमजोर भएका पोखरा २२ का ९ वर्षीय प्रतिक्षा थापा र ७ वर्षिय समिक्षा थापालाई जनही १० हजार १ सय रुपैया र कपीकलम सहयोग प्रदान गरेको थियो ।


दलबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कार्यक्रमको सञ्चालन सचिव गोविन्द बहादुर पुन मगर स्वागत मन्तव्य उपाध्यक्ष मोहन राना मगरले राखेका थिए ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284