ताजा खबर

तमु प्ये ल्हु संघ युएईले भव्यताका साथ तमु फो(ल्होसार सम्पन्न गरे

   10:22 am Monday, December 31, 2018     

तमु समुदायको महान पर्व तमु फो ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमु फो(ल्होसार सांस्कृतिक कार्यक्रम युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व तमु प्ये ल्हु संघ युएका अध्यक्ष ओम प्हच्यु तमुले गर्नु भएका थियो भने नेपाल आदीबासी जनजाती महासंघ युएई , एनआरएनए युएई लगायत बिभिन्न जातिय संघ सस्था तथा जिल्लागत संघ संस्थाहरु प्रमुख र प्रतिनिधीहरु रहेका थियो । उक्त तमु फो(ल्होसार कार्यक्रमको औपचारीक कार्यक्रम संचालन तमु प्ये ल्हु संघ युएईका बरीष्ट उपाध्यक्ष भिम लम तमु र महिला सचिब विष्णु ङोप्छे तमुस्योले गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम महासचिव महेश लेम तमु, सह कोषाध्यक्ष सशिला भुच्चा तमुस्यो र सकृय सदस्य देवी लेम तमुस्योले सन्चालन गर्नु भएको थियो ।

तमु समुदायको संस्कार अनुसार पच्यु गुरु बाट छ्योपा त्हेँ गरी बिधिबत सुरु भएको कार्यक्रममा अन्य क्ल्हेप्री र बोन्पो लमले समेत आ आफ्नो बिधी अनुसार ग्रह शान्ति (थाँसो त्हेँ) र सह बटुल्ने (छैकु ह्योखु त्हेँ) सम्पन्न गरी बर्ग(ल्हो) चलेकोहरुलाई खेगी गुरुहरु बाट रिपा र आशिष ग्रहण गराईएका थिए।

औपचारीक कार्यक्रम लगत्तै तमु जातीको झाँकी प्रदर्शन गरेको थियो। उक्त झाँकीमा तमु जातीको पहिचान दिने धर्मगुरु हरु, धार्मिक आस्थाको क्वोईबो, घाटु सस्कृति, छ्याँडु, आफ्नो मौलिक पहिचान बचाऔ भन्ने सन्देश दिने खालका बिभिन्न लेखाईका प्लेकार्डहरु सहित मौलिक औजारहरु प्रदर्शनी गरेको थियो । उक्त कार्यक्रममा अतिथि कलाकार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा ख्याति प्राप्त लोक दोहोरी गायक राजु गुरुङ र लोकदोहोरी गायिका सबिना गुरुङको सांगीतिक धमाकाले उपस्थिती दर्शक लाई नचाएर भरपुर मनोरञ्जन दिएको थियोे भने अतिथि कलाकार नृत्यकार रेशम गुरुङ र सरस्वती गुरुङको बेजोड प्रस्तुति सहित प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको थप प्रस्तुतिले अझ मनोरञ्जन दिएको थियो।कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शकहरुलाई आयोजक तमु प्ये ल्हु संघ युएईले सगुन स्वरुप सेलरोटी अचारका समेत व्यवस्था गरेको थियो।यसरी दर्शकहरुलाई सेल रोटी र अचार सगुन दिने प्रचलन तमु प्ये ल्हु संघ युएले गत साल देखि नै शुरूवात गरेको खाजा नास्ता संयोजक लाल सुब्बा थिमें तमुले बताए छ।

मुख्य प्रायोजकको रुपमा ीः भ्हअजबलनभ थियो भने आयोजक बाट अलग अलग गरी दुई वटा लक्की ड्र समेत गराएको थियो।उक्त कार्यक्रममा कस्की आदर्श सेवा समाज युएई द्वारा आयोजित भलीबल प्रतियोगितामा द्वितिय स्थान हात पार्न सफल भएका तमु प्ये ल्हु संघ युएईका खेलाडीहरुलाई संघकी महिला बिभाग प्रमुख मीरा प्हच्यु तमुस्यो बाट ब्यक्तिगत प्रायोजनमा खेलाडीहरुलाई हौसला र मनोबल बढाउन टि(शर्ट हस्तान्त्रण गर्नु भएको थियो।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284