ताजा खबर

क्होला सोंथरको गुरु योजना बनाउन डिपिआरको काम थालनी

   9:19 pm Monday, May 27, 2019     

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा तमू (गुरुङ) जातिहरुको ऐतिहासिक थलो क्होला सोंथरको गुरु योजनाको लागि डिपिआरको काम थालनी भएको छ ।
जियो नेट कनेक्सन प्रा.लि.को प्राविधिक सहयोगमा गत जेठ ८ गतेबाट सुरु भएको प्राविधिक तथा विज्ञ समुहको स्थलगत भ्रमण जेठ १३ गते सम्पन्न भएको छ ।

जियो नेट कनेक्सन प्रा.लि.का नरेश पौडेलको संयोजकत्वमा सम्पन्न भएको भ्रमण टोलीमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख किर्तन पौडेल, पुरातत्वविद् प्रकाश दर्नाल, पर्यटनविज्ञ हरिसिंह गुरुङ, जिआइएस विज्ञ दयासागर सुवेदी, आर्किटेक्ट इन्जिनियर सञ्जोग श्रेष्ठ, जियोमेटिक्स इन्जिनियर दिनेश लामिछाने र सुदिप कुँइकेल, मादी गाउँपालिकका इन्जिनियर रामचन्द्र घिमिरे, मानव शास्त्री पोलबहादुर गुरुङ, स्थानिय भूगोल विज्ञ तथा मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ, वडा सदस्य दिलबहादुर गुरुङ, हिमालय मिलन मा.वि. ताङतिङका प्र.अ. ओमप्रकाश गुरुङ, चलचित्र निर्देशक भोजबहादुर गुरुङ, क्यामेरा म्यानहरु दिलु गुरुङ र टेकमान गुरुङ लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

भ्रमण टोलीले क्होला सोंथर क्षेत्रमा रहेको पुरानो बस्तीहरुको बारेमा विस्तृत अध्ययन गरेको छ भने कास्की र लमजुङका गाउँहरु ताङतिङ, सिक्लेस, याङजाकोट, वार्चोक, भाचोक, मिजुरे तथा सिङदी, पसगाउँ, भुजुङ र मनाङको तिमाङबाट क्होला सोंथर पुग्न सक्ने पदमार्गहरुको अवलोकन तथा सम्भाव्यताको बारेमा छलफल समेत गरेको छ ।

पोखरादेखि ताङतिङ गाउँहुदै क्रपू डाँडा क्होला सोंथर सम्पदा मार्ग १२ किमि मोटर बाटोको यात्रा तय गरेपछि एकदिनको पैदल यात्रामा क्होला सोंथरमा पुग्न सकिन्छ ।

भ्रमण टोली ४ दिनको स्थलगत रिपोटिङपछि पोखरा फर्किएको छ । पोखरादेखि ताङतिङ हुदै क्होला सोंथरसम्मको भ्रमणको व्यवस्थापन मादी गाउँपालिका वडा नं २ का वडा अध्याक्ष एकजंग गुरुङले गर्नुभएको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284