माओवादी केन्द्रका मादी गाउँपालिका उपाध्यक्ष रुद्र रानाभाट एमाले प्रवेश
कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ स्यागे निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् ।
उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् ।
माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए ।
एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’
आजको खबर
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित जिल्ला समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २९ गते सम्पन्न अधिवेशनबाट नवनिर्वाचित जिल्ला समितिलाई निवर्तमान जिल्ला…
अझै पढ्नुहोस्Follow Us
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित समितिको पदस्थापन सम्पन्न
५ बैशाख २०८१, बुधबार १९:१६
Rarfix_Youtube - Новый Бит В Стиле Моргенштерн скачать песню бесплатно в mp3 и слушать онлайн Rarfix_Youtube - Новый Бит В Стиле Моргенштерн
Written by Hank1089 2024-04-17 19:30:25
Скачать песню Accept - Balls To The Wall (1983) - Accept - Losing More Than Youve Ever Had бесплатно в mp3 Accept - Balls To The Wall (1983) - Accept - Losing More Than Youve Ever Had
Аркадий Кобяков - Ты Любовь Моя скачать бесплатно песню в mp3 Аркадий Кобяков - Ты Любовь Моя
Written by Isaiah4614 2024-04-17 19:40:49