ताजा खबर

कवि डा. सिंजालीलाई केशर साहित्य पुरस्कार

   २ पुष २०८२, बुधबार २०:१२      304 views

गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले लोपोन्मुख मगर भाषाको संरक्षणका लागि प्रशिक्षण कक्षाहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको ५९ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख थापाले मगर भाषाको संरक्षणका लागि प्रयोगलाई व्यापक बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न ऐन निर्माण गरिसकेको जनाउँदै उहाँले त्यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो । मगर भाषामा कलम चलाउने स्रष्टालाई सम्मान गर्नु प्रशंसनीय कार्य रहेको भन्दै उपसभामुख थापाले कवि केशरले आफ्नो जीवनको छोटो समयमा पनि नेपाली समाजका लागि आफ्नो अमूल्य कृति दिएर गएको बताउनुभयो ।

सो अवसरमा उहाँले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको स्मृतिमा स्थापित “केशरबहादुर नाम्जाली भुरुङ मगर साहित्य पुरस्कार–२०८२”बाट स्रष्टा डा. विष्णुकुमार सिंजालीलाई पुरस्कृत गर्नुभएको थियो । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले सञ्चालन गर्दै आएको सो पुरस्कारबाट ५९ औं केशर जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका प्राज्ञ डा. सिंजाली पुरस्कृत हुनुभएको हो । साहित्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व डा. सिंजाली नेपाल मगर लेखक संघका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिष्ठानले हरेक दुई/दुई वर्षमा कवि केशरको जन्मजयन्तीका अवसरमा एक जना साहित्यिक प्रतिभालाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । कार्यक्रममा बोल्दै पुरस्कृत व्यक्तित्व डा. सिंजालीले आफूले कुनै सम्मान वा पुरस्कार पाउने आशामा मगर भाषाको लेखनमा नआएको बताउनुभयो । मातृभाषाप्रतिको माया र लगावका कारण मगर भाषामा कृति लेखन सम्भव भएको बताउँदै उहाँले आफूले गरेको योगदानलाई समाजले कदर गरेको र पुरस्कार प्राप्तिले थप जिम्मेवारी दिएको महसुस गरेको उल्लेख गर्नुभयो ।

मगर भाषा प्रतिष्ठान, केन्द्रीय समितिका सचिव मनबहादुर गाहाले मातृभाषालाई रोजीरोटीसँग जोड्न सके मात्र जोगाउन सकिने धारणा व्यक्त गर्दै राज्यले मगर भाषालगायतका लोपोन्मुख मातृभाषाको संरक्षणका लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा कवि रूद्र “सन्देश” मगरले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको व्यक्तित्व र कृतित्वबारे बोल्नुभएको थियो भने प्रतिभा छनौट समितिका संयोजक एवं मगर भाषा प्रतिष्ठान, कास्की शाखाका संस्थापक अध्यक्ष निर्मल थापाले पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा कवि केशरबहादुर नाम्जाली भुरुङ मगरकी जीवनसंगिनी एवं अक्षयकोषदाता शशी थापा, नेपाल मगर संघका कोषाध्यक्ष पूर्णबहादुर राना, मगर भाषा प्रतिष्ठानका पूर्व अध्यक्षद्वय फूलकुमारी थापा, रूद्रबहादुर हितान, पोखरा महानगरपालिका वडा नं. २७ की जनप्रतिनिधि बुद्धिमाया थापालगायतको उपस्थिति रहेको थियो ।

मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीना थापाले सञ्चालन र उपाध्यक्ष रूद्रबहादुर श्रीसले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284