ताजा खबर

तमु साँस्कृतिक प्रतिष्ठानको पुनर्मिलन

   ७ पुष २०८२, सोमबार २१:२४      250 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा यही पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।


२०५८ सालमा विधिवत रुपमा दर्ता गरी गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको यो संस्था जापानमा गठन भई नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ ।
२५ बर्षको दौरानमा रहेको यो संस्थाले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवं शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखि भेटघट हुन नसकेका व्यक्तित्वहरु तथा कामको व्यस्तताले रमाइलो माहोलमा आफूलाई समाहित गर्न अवसर नमिलेका व्यक्तिहरुलाई जमघट गराई खुशी र आफ्ना भावनाहरु साट्न पाउँदा असाध्य मन प्रफुल्लित भएको माहोल कार्यक्रममा देख्न सकिन्थ्यो ।


कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । गायक राजबहादुर गुरुङ, सङ्गिता गुरुङ, डविन गुरुङ र प्रकाश रानाका सुमधुर आवाजले कार्यक्रममा थप रौनक थपिएको थियो । संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङद्वारा तयार पारिएको स्थापनाकालदेखि २५ वर्षसम्म भएका संस्थाका गतिविधिहरु समेटिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको यस कार्यक्रममा टेक गुरुङ, धीरबहादुर गुरुङ, पदमशोभा गुरुङ, मनकुमारी गुरुङ र हुमबहादुर गुरुङले आजिवन सदस्यता ग्रहण गर्नुभयो । दरौं सिरुबारी, हाल युके निवासी सीता गुरुङ्द्वारा रु १०,१०५।– र संस्थाका पूर्व कोषाध्यक्ष भिमकाजी गुरुङ र उहाँकी धर्मपत्नी विष्णु गुरुङद्वारा रु २०,१००।– कार्यक्रम सफलताका लागि शुभकामना स्वरुप आर्थिक सहयोग गर्नुभएको थियो ।


कार्यक्रममा सहयोग र सेवाको भावनाले ओतप्रोत भएका पर्वत राम्जाकोट, हाल पोखरा नयाँ गाउँ निवासी, तमु धीं जापानका संस्थापक अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङ र परनिता गुरुङले रु. १,२५,०००।– रकम बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।


संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीजङ गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सहसचीव लोकबहादुर गुरुङ तथा द्वितिय उपाध्यक्ष ओम गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284